हेटौंडाको सानोपोखरा र क्याम्पाडाँडामा सिसिटिभी जडान
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/CCTV.jpg)
हेटौंडा, ११ माघ । हेटौँडा उपमहानगरपालिका वडा नं. ५ को सानोपोखरा र क्याम्पाडाँडामा सिसीटिभी जडान गरिएको छ ।
शनिबार हेटौंडाको सानोपोखरामा ४ र क्याम्पाडाँडामा १ गरी ५ वटा सिसिटिभी जडान गरिएको हो ।
सानोपोखरामा जडान भएको सिसिटिभी व्यवसायी रवि श्रेष्ठले वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका थिए । यसको मूल्य ७० हजार रुपैँया रहेको जनाईएको छ ।
त्यसैगरी, क्याम्पाडाँडामा जडान भएको सिसिटिभी व्यवसायी सुरेश पुरीले सहयोग गरेका हुन् । यसको मूल्य ३५ हजार रुपैँया रहेको जनाईएको छ ।