सुन्दर हेटौंडाको बिग्रदो अनुहार

तु खबर संवाददाता
२०७४ कार्तिक ११,शनिबार १०:५८

-बलराम पुडासैनी

हेटौँडा/ तत्कालिन हेटौंडा नगरपालिका २०७१ सालमा देशकै सुन्दर सहर घोषित भयो । सुन्दर सहर घोषणा भएपछि नगद पुरस्कार पनि प्राप्त गर्यो । सुन्दर सहरको रुपमा पहिचान बनाउन सफल हुँदा हेटौंडाका जनतामा गर्व महसुस हुनु स्वभाविकै थियो । तर, २०७२ मा नगरपालिकाले त्यसमा आवेदननै गरेन । अब देशकै सुन्दर सहर हेटौंडा हुन्छ कि हुन्न होला त ? हेटौंडाको पछिल्लो तस्विरलाई सरसर्ती हेर्ने हो भने यसको अनुहार सुन्दरबाट क्रमशः विग्रदै गएको थाहा हुन्छ । तर पछिल्लो समय अव्यवस्थीत सहरीकरण र सडक, पुर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथमा पर्ने २५ मिटर सडक विस्तारको काम अव्यवस्थित हुँदा हेटांैडाको अनुहार बिग्रदै बन्दै गएको छ ।

सडकमा उडेको धुलो र वरीपरी भत्कीएको सडक ,अव्यवस्थित सहरको स्वरुप हेर्दा हेटौंडावासीको गर्व मुलुककै सुन्दर र सफा सहर नाममा मात्रै सिमित भएकोमा हेटौंडावासी चिन्तित छन् । हेटौंडा उप महानगरपालिका अगाडिबाट जिल्ला समन्वय समितितिर जाने सडकको खाल्टाखुल्टीले सर्वसाधारण वाक्क भएका थिए । त्यसमाथि यसपाली मर्मतको योजना परेपछि सडक भत्काइन सुरु भएको छ । सानोपोखरा, वसपार्क, भैरव रोड जस्ता सडकहरु भत्किएका छन् । हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद उपाध्याय उपमहानगरपालिकाले सडकहरुको मर्मत संभार दु्रत गतिमा गरिरहेको बताउँछन् । तिब्र गतिमा काम हुँदैछ, असार मसान्तभित्र सबै चिटिक्क हुन्छ, सूचना अधिकारी उपाध्यायले बताए । विभिन्न सहरको पर्यटक र यात्रुको आवागमनको मुख्य केन्द्र हेटौंडाको वसपार्कको अवस्था उस्तै छ । अन्यत्र वाट हेटांैडा आउदा आनन्दको महसुस गर्नेहरु नाक खुम्चायर हिड्नुपर्ने भएको छ । बुद्ध चोक बाट पुर्व दिशा अर्थात चौघोडा ,छतिवन् , फापरवारी ,राईगाउँ ,लगाएतका ठाउँको प्रवेस स्थलको रुपमा रहेको हेटौंडाको कान्तिराजपथको पिडा उस्तै छ ।

आसपासमा ढल व्यवस्थापनको काम कहिले सुरु हुने त कहिले रोकिने कारण अस्तव्यस्त बन्दै गएको छ । करीव १० वर्ष देखि हेटांैडाको कान्तिराजपथमा आफ्नो कपडा व्यवसाय संचालन गर्दै आउनुभएका राकेश वानिँया पछिल्लो समय हेटौंडा निकैनै अस्तव्यस्त हुनुमा सवारी साधनको बढ्दो चाप र साधुरो र अव्यवस्थित सडक रहेको बताउछन्। कान्तिराजपथ त एउटा उदाहरण मात्र हो हेटौंडाको अन्य स्थानहरुको पिडा पनि उस्तै छ । माछा मासु विक्रि वितरण व्यवस्थित हुन नसक्नुले पनि थप दूर्गन्धित बनाएको बताउछन् हेटौंडा सानोपोखरा निवासी शान्ता खड्का । माछा मासु तथा तरकारी बजार व्यवस्थापनको काममा उपमहागनरपालिकाले चासो नदिएको भने होइन । जति गरेपनि यसलाई व्यवस्थापन गर्न सबै पक्षको सहयोग चाहिएपनि नपाइएको गुनासो छ उपमहानगरपालिकाका अधिकारीहरुको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*