मकवानपुरमा पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम सफल  

तु खबर संवाददाता
२०७३ चैत्र १७,बिहीबार १४:१८

हेटौँडा, २७ भदौ । विपद (भूकम्प) पश्चात गरिने पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम मकवानपुरमा सफल भएको दाबी गरिएको छ । आज जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र एसिएफको  आयोजनामा नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजित संचारकर्मीका लागि १ दिने अभिमुखीकरण कार्यक्रममा पुनर्लाभ कार्यक्रम सफल भएको आयोजकले जनाएको हो ।

२०७३–०७४ मा पुनर्लाभ कार्यक्रममा सेवा पाएका मध्ये २ जना बालबालिकाको भने मृत्यू भएको आयोजकले जनाएको छ । सर्वेक्षण अनुसार मकवानपुरमा ३ हजार ३ सय १२ जना गर्भवती र सुत्केरी महिलाहरु कुपोषणको शिकार भएका छन् ।  मकवानपुरका ७ सय ६८ बालबालिकामा शिघ्र कुपोषणको शिकार भएका बालबालिका भएको र ती मध्ये ५ सय ४१ जना बालबालिकाहरु पनर्लाभ कार्यक्रममा उपचारका लागि सहभागी भएको आयोजकले जनाएको छ ।

कार्यक्रम यूनिसेफ र पोषण तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा भएको हो । कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले शिघ्र कुपोषणका बारेमा संचारकर्मीले पहल गरिदिन आग्रह गरे । उनले मकवानपुर जिल्ला शिघ्र कुपोषण भएका बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुको सवालमा संक्रमित क्षेत्र भएको भन्दै यसका लागि संचारकर्मीले पनि महत्वपूर्ण भूमिका निभाउन सक्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई, पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, जिल्ला जनस्वास्थ्यका भिमसागर गुरागाईँ, एसीएफकी कार्यक्रम संयोजक नम्रता पौडेल लगायत मकवानपुरे संचारकर्मीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*