म्यादी प्रहरी बन्न दौडदै गर्दा हेटौँडामा १ जनाको मृत्यू
हेटौँडा, ७ कात्तिक । म्यादी प्रहरीमा भर्ना हुन हेटौँडाको हुप्रचौरमा दौडमा सहभागी भएका एक व्यक्तिको ज्यान गएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ का करिब २४ वर्षीय प्रेमप्रसाद घिमिरेको मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाको हुप्रचौरमा ३ गरेको छनौटका क्रममा केही समय दौडिएपछि घिमिरे ढलेका थिए । १ किलोमिटर दौडको करिब २० मिटर बाँकी रहँदा ढलेका घिमिरेलाई उपचारको लागि हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा लगिएको थियो ।
तर उनलाई साँझ ५ बजे अस्पतालले मृत घोषणा गरेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।