ढाँट्नेलाई ह्वाट्स् एपको कडाई, ढाँट्यो कि फस्यो
एजेन्सी । कुरा एकातिर गर्ने र काम अर्कोतिर गर्नेलाई ह्वाट्स् एप मेसेन्जरले तह लगाउने भएको छ । बिबिसीका अनुसार ह्वाट्सएपले यस्तो एउटा नयाँ फिचर ल्याउँदैछ जसबाट को मानिस कुन ठाउँमा छ भन्ने कुरा पत्ता लगाउन सकिनेछ ।
यो फिचरले प्रयोगकर्ताको फोनमा रहेका कन्ट्याक्ट्सलाई भू–नक्सामा सिंक गर्दछ र मोबाइल प्रयोगकर्ताको रियल टाइम मुभमेन्ट देख्ने सुविधा दिन्छ । यसले तपाईको पोल खोल्ने मात्र होईन तपाईलाई सहयोग पनि गर्छ । यदि तपाइँ कुनै पनि अप्ठ्यारोमा वा खतरामा पर्नुभयो भने तपाईका आफ्ना आफन्तले तपाइँ कुन ठाउँमा फस्नुभएको छ भन्ने लोकेशन पत्ता लगाउन सक्दछन् ।
तर यो सार्वजनिक रुपमै सर्वाजनिक भने हुँदैन । ह्वाट्सएपका अनुसार यो फिचर इण्ड टू इण्ड इनक्रिप्सनयुक्त रहेको छ । जसबाट प्रयोगकर्ताले को सँग, कति बेरका लागि आफ्नो लोकेशन शेयर गर्ने भन्ने कुरा तय गर्न सक्दछ । ह्वाट्सएपले यस फिचरलाई मंगलबार सार्वजनिक रुपमा घोषणा गरेको छ । अहिले यो परीक्षणको चरणमा छ ।