विचारधारा र सत्यता
शिक्षा भनेको सत्यको बोध हुनु हो । सम्पूर्ण ब्रह्माण्ड सत्यतामा आधारित छ । जीवन र जगत चल्ने र चलाउने नियम शाश्वत र सत्य छ तर पनि शिक्षाको नाममा कसैको मनोविनोदबाट निस्केका र प्रकट भएका बहुलट्टी कुराहरू जसको जीवन र जगतसँग कुनै पनि साइनो छैन, त्यसैको अध्ययन र अध्यापन गराइएको पाइन्छ । यदि शिक्षाले सत्यता सम्म पुग्न कत्तिपनि मद्दत गर्दैन भने त्यो नितान्त मनगणन्ते कुरा हो त्यसलार्इ शिक्षाको नाम दिनु भनेको शिक्षा शब्दकै बद्नाम गराउनु हो ।
विचार मनको उपज हो । विचारले जब पद्धतिको रुप लिन्छ त्यसलार्इ विचारधारा वा वैचारिक पद्धति भनिन्छ । यो होइन कि कुनै पनि व्यक्तिको मनबाट उत्पन्न विचार सत्य नै हुन्छ । इतिहासको विकासका दौरानमा धेरै किसिमका मूल्य र मान्यतामा आधारित विचारधाराहरूको जन्म भएको पाइन्छ । ती सबै विचारधाराहरूमा कहीं कतै यदाकदा फाटफुट सत्यता भेटिएता पनि ती व्यक्तिका स्वैच्छाचारी मनोवृत्तिका उपजका रुपमा मात्रै इतिहासमा रेकर्डेड भएका छन् । विचार धाराको जन्म भनेको मान्छे जन्मेको जस्तो पनि होइन । यसमा जसबाट जन्मेको भएपनि आखिर मान्छे त मान्छे नै हो भन्ने वाध्इता पनि त्यहाँ रहँदैन । हामीसँग अनगिन्ति विचारधारा भएता पनि तिनले मानव जीवन र जगतसँग सम्बन्धित समस्याहरू समाधान गर्नुको सट्टा समस्याको डङ्गुर लगाउने काम मात्र गरेका छन् ।
कुनैपनि विचारको उद्देश्य सत्यता सम्म पुग्नु भएतापनि ती सत्यबाट धेरै टाढा पुगेको प्रतीत हुन्छ । वर्तमान समय सम्म पनि कलीला बालबालिकादेखि बयस्क उमेर सम्मका विद्यार्थीहरूलार्इ पढाइने धेरै शास्त्रहरू मान्यताकै भरमा पढाइने र फल्ट तर्कवितर्कका खात थुपार्ने काम गरिएको पाइन्छ । मानिसहरू विभिन्न कारणले निर्दोश युवा समात व्यवहारिक शिक्षा भन्दा पनि यस्ता वाहियात तर्कवितर्कमा आधारित शिक्षामा गुज्मुल्टिन पुगेका छन् । फलत, नाम मात्रको शिक्षित जमात सृजना हुन पुगेको प्रष्ट हुन्छ । यति मात्र होइन गाउँ गाउँ र चोक चोक अनि चिया पलसहरूमा भेला भएर तर्क वितर्क गर्दा पनि यहि अर्द्धचेतनामूलक मनगणन्ते अवधारणालार्इ आधार बनाइएको हुन्छ ।
शिक्षा भनेको सत्यको बोध हुनु हो । सम्पूर्ण ब्रह्माण्ड सत्यतामा आधारित छ । जीवन र जगत चल्ने र चलाउने नियम शाश्वत र सत्य छ तर पनि शिक्षाको नाममा कसैको मनोविनोदबाट निस्केका र प्रकट भएका बहुलट्टी कुराहरू जसको जीवन र जगतसँग कुनै पनि साइनो छैन, त्यसैको अध्ययन र अध्यापन गराइएको पाइन्छ । यदि शिक्षाले सत्यता सम्म पुग्न कत्तिपनि मद्दत गर्दैन भने त्यो नितान्त मनगणन्ते कुरा हो त्यसलार्इ शिक्षाको नाम दिनु भनेको शिक्षा शब्दकै बद्नाम गराउनु हो ।
दर्शन र विचारधाराको संख्या अनगिन्ति भएतापनि अहिले चालु अवस्थामा रहेको प्रजातन्त्र नामको दर्शन ३६ सय बर्ष पहिले नै ग्रिसबाट शुरु भएको हो । पछिल्लो कालखण्डमा प्रजातन्त्रको उदय सत्रौ शताब्दीमा मात्र भएको हो । इतिहासको चक्रीय विकासमा प्रत्येक २ हजार बर्षको कालखण्ड पछि इतिहास दोहोरिएको र दोहोरिएको इतिहासको कालखण्डका घटनाबलीहरू समानान्तर भेटिन्छन् । हामी बाँचेको वर्तमान परिवेशमा प्रयोगमा रहेका विभिन्न वाद र विचारधाराहरूमा प्रजातान्त्रिक विचारधारा र साम्यवादी विचारधारा पर्दछन् । यिनीहरूको व्युत्पादनको खोजी गर्ने हो भने इस्वीको १४ औं शताब्दी सम्म पुग्नुपर्ने हुन्छ ।
इस्वीको १४ औं शताब्दी सम्मको युगलार्इ मध्य युग वा मध्यकाल भन्ने गरिन्छ । मध्यकालीन युग निरङ्कुशताको युग थियो । त्यहाँ विचार र विश्वासको स्वतन्त्रता थिएन । मानव अधिकार र शासनाधिकार जस्ता अधिकारहरू उपयोग गर्नबाट नागरिकहरू स्वतन्त्र थिएनन् । नागरिकहरूमा शासक र शाषित गरी दुर्इ वर्ग अस्तित्वमा थिए । स्वतन्त्र विचारका लागि पर्याप्त बाधा र अवरोधहरू थिए । नागरिकहरूमाथि शासकहरूले लादेका विचारहरू नै सर्वोपरि हुने गर्दथे । त्यसलार्इ चिर्नका लागि १४ औं शताब्दीमा दुर्इ समानान्तर अभियानहरू नागरिक स्तरबाट चलाइए । तिनलार्इ पुनर्जागरण (Renaissance) र पुनरुद्धार(Reformation) भनिन्थ्यो । यी दुवै अभियानका साझा उद्देश्यहरू थिए । त्यो हो नागरिकमा विचार र विश्वासको स्वतन्त्रता हासिल गर्ने, शासनाधिकार जनतामा ल्याउने, प्रेस र संगठन खोल्न र संचालन गर्न पाउने जस्ता अधिकारहरूको सुनिश्चितता गर्ने । तर यी दुर्इका बीचमा कहिल्यै सहकार्य भएन, कारण यिनले बोकेका मूल्य-मान्यता फरक थिए । पुनर्जागरणले बाह्य विकासलार्इ मात्र आफ्नो लक्ष्य ठानेको थियो भने पुनरुद्धारले आन्तरिक । यिनै अभियानले उचार्इ लिंदै जाँदा पुनर्जागरण नामक अभियानले विज्ञान, व्यवहारिक जीवन र प्राकृतिक सिद्धान्तको खोजी गर्दै गयो भने पुनरुद्धारले विज्ञान, व्यवहारिक जीवन र प्रकृतिमाथि अपजस दिए । पुनर्जागरण अभियानकै खेमामा विकासभएका रेने डिस्कार्ड्स् प्रतिपादित तर्कनावाद (Rationalism) र फ्रान्सिस बेकनकृत प्रयोगवाद (Empiricism) ले यस विचारलार्इ पृष्टपोषण गरे । त्यस बाहेक पनि बेलायतका एड्वार्ट हेबार्टको प्रकृतवाद, फ्रान्सको नास्तिकवाद समाजवाद, हेगलको द्वन्द्ववाद-आदर्शवाद जस्ता भौतिकवादको पृष्ठपोषणबाट जन्मेका दर्शनहरूको दबदवा नै थियो पश्चिम युरोपमा । यसलार्इ इन्लाइट्न्मेन्टका ग्रेट थिङ्कर मानिने जिन डी. एलाम्बार्ट र डेनिस डिरोड्स् ले पनि रम्रैसँग मलजल गर्ने काम गरे भने यन्लाइट्न्मेन्टकै अर्का दर्शनशास्त्री मन्टेस्क्युइले शक्ति सन्तुलनका लागि शक्ति पृथकीकरणको आवश्यकता औंल्याए ।
अहिले विख्यात विश्वविद्यालयहरूम समेत विद्यावारिधिको पाठ्यक्रमको औचित्य सावित गराउनका लागि दिइने प्रवचनहरूमा दिग्गज भनिने प्राध्यापकहरू दर्शनशास्त्र भनेको मार्क्सवाद मात्र हो भन्ने गर्दछन् । यसबाट मानिसलार्इ द्वन्द्वले कसरी गाँजेको छ भन्ने कुरालार्इ सिद्ध गर्दछ । जीवनको अस्थित्व, जीवन र जगतमा द्वन्द्व देख्ने अरुले लेखिदिएको मनगणन्ते शास्त्रास्तको नोट सारेर डाक्टर लेख्न पुगेका धुरन्धर विद्वान भनेर चिनिएका लाटा देशका तन्नेरी गाँडाहरूलार्इ के भन्ने ?
जसको आधारशिलामा सन् १७८९ मा फ्रान्समा रक्तपातपूर्ण भौतिकवादी क्रान्ति भयो । स्मरण रहोस्, त्यहाँका शासक राजा लुइस् सोह्रौंलार्इ आत्म समर्पण गरिसकेपछि पनि जनताका बीचमा ल्यएर काटिएको थियो । यसरी भौतिकवादी चिन्तनको जन्म भयो । पछि माथि उल्लेखित दर्शनहरूलार्इ व्यवस्थित गर्दै कार्ल मार्क्स र फेडरिक एङ्गेल्सले ‘ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद’ को रचना गरे । जसलार्इ आत्मसात गर्दै रसियाका लेनिन, फ्रान्सका माओ, उत्तर कोरियाका, किम इल् सङ्, क्युवाका फिडेल क्यास्त्रो लगायतले राज्यको मुख्य संयन्त्रमा यसको प्रयोग समेत गरे । जसमा उनीहरूले मन्टेस्कुइले पर्पोज गरेको संसदीय व्यवस्था र शक्ति पृथकीकरणलार्इ समेत अपजस दिए । आधुनिक भौतिकवादका प्रणेता मानिने मार्क्सको जन्मभूमि जर्मनी र कर्मभूमि फ्रान्समा मार्क्सवादको गन्ध समेत पाइएन । तरपनि यसले कला, साहित्य, दर्शन, विचारधारा, विधिशास्त्र, मानवशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, विकासशास्त्र लगायत मानिको मनमा शुद्ध गहिरो प्रभाव बसाउन सफल भयो । सन् १९१७ मा रसियाली भूमिमा साम्यवादको जन्म भएपनि सन् १९९० को सोभियत जनवादी गणतन्त्र संघको पतन पछि यसको सान्दर्भिकता समाप्त भयो । भौतिकवादी चिन्तक मन्टेस्कुइले नै पर्पोज गरेको शक्ति पृथकीकरणको सिद्धान्तलार्इ शासन पद्धतिमा मिसाउन साम्यवादलार्इ वकालत गर्ने शासकहरूले प्रयोगमा ल्याउन डराए, कारण, शक्तिपृथकीकरणको सिद्धान्तले केन्द्रीकृत शासन पद्धतिको प्रतिरोध गर्दछ ।
अहिले विख्यात विश्वविद्यालयहरूम समेत विद्यावारिधिको पाठ्यक्रमको औचित्य सावित गराउनका लागि दिइने प्रवचनहरूमा दिग्गज भनिने प्राध्यापकहरू दर्शनशास्त्र भनेको मार्क्सवाद मात्र हो भन्ने गर्दछन् । यसबाट मानिसलार्इ द्वन्द्वले कसरी गाँजेको छ भन्ने कुरालार्इ सिद्ध गर्दछ । जीवनको अस्थित्व, जीवन र जगतमा द्वन्द्व देख्ने अरुले लेखिदिएको मनगणन्ते शास्त्रास्तको नोट सारेर डाक्टर लेख्न पुगेका धुरन्धर विद्वान भनेर चिनिएका लाटा देशका तन्नेरी गाँडाहरूलार्इ के भन्ने ?
जतिबेला पश्चिमी युरोपलार्इ भौतिकवादले गाँजेको थियो । त्यहाँ धार्मिक अन्धता र पुरोहितहरूको धार्मिक पाखण्डीपनका विरुद्धमा कान्ट र हेगल जस्ता विद्वानहरूले मनग्य कलम चलाएका थिए । हेगलको आदर्शावद र कान्टको दर्शनशास्त्र यसका उदाहरण हुन् । धार्मिक पाखण्डको विरोध गरेको भनेर फ्रान्सका पुरोहितहरूले आफ्नो कुकुरको नाम पनि कान्ट भनेर राख्थे रे । यही कित्ताका अग्रेजहरूले बेलायतमा सफल क्रान्ति त गरे तर त्यहाँ उनीहरूलार्इ टिक्न दिइएन र तिनीहरू ५८ दिन डुङ्गामा सयर गरेर अमेरिका पुगे र सन् १७७६ मा ‘वन नेसन अन्डर गड’ को नारा राखेर एक स्वतन्त्र राष्ट्र खडा गर्न सफल भए । जसका कारण धेरै सहस्राब्दी अगाडि ग्रीक बाट प्रजातन्त्रको सूत्त्रपात भएको भए पनि बेलायत र अमेरिकालार्इ प्रजातन्त्रका जननी भनेर चिन्ने र चिनाइने गरिन्छ ।
कुनैपनि वस्तुको अस्तित्वका लागि पूर्वसर्त भनेको त्यो वस्तुको पूर्वअवस्थिति हो । जस्तै सन्तान जन्मिनका लागि बाबु र आमाको सक्त जरुरत पर्दछ । फेरि बाबुआमा भएर मात्र पुग्छ र ? तिनीहरू एकअरर्कालागि माया गर्दै एकअर्कामा मग्न भएर आफूलार्इ बिर्सेर एकअर्कामा समाहित हुनुपर्दछ । यस्तो किसिमको दिने लिने प्रक्रियाबाट वस्तु (entity) अस्तित्वमा आउँछ । यसरी अस्तित्वमा आएपछि उसले आफू भित्र, वस्तुहरूको बीचमा र अन्य वस्तुहरूका बीचमा समेत अन्योन्यश्रित सम्बन्ध स्थापना गर्नु पर्दछ । परिवार राम्रो हुन र पारिवारिक समृद्धिका लागि श्रीमान र श्रीमती,बाबुआमा र छोराछोरी र भातृभगिनीका बीचमा राम्रो र अन्योन्याश्रित सम्बन्ध हुनु पर्दछ । राष्ट्र सफल हुन राज्यका नागरिक र शासकहरूका बीचका मेलमिलाप र हित्तचित्तको सम्बन्धको अपरिहार्य आवश्यकता पर्दछ । कुनैपनि व्यक्तिको जन्मकै कुरा गरौं न ! कोही पनि व्यक्ति म यसरी, यस्तो रुपमा, यो परिवारमा, छोरा वा छोरीका रुपमा जन्मिन्छु भनेर जन्मेका हुँदैनौं । हामी आमाबाट ९९.९% र बाबुबाट ०.०१% हिस्सा लिएर जन्मिएका हुन्छौं । हामी बुबाआमाका बीचमा द्वन्द्व भएर जन्मिएका होइनौं बल्कि बुबाआमाका बीचमा प्रेम भएर, दिने र लिने प्रक्रिया भएर जन्मेका हौं । त्यसैले सहअस्तित्वको सिद्धान्त नै विकास, प्रगति र समृद्धिको द्योतक हो भन्ने कुरालार्इ मनन नगरी मनगणन्ते पाखण्डको पछि लागेर आफ्नो विद्वताको बखान गर्ने दिन गए भन्ने मलार्इ लाइरा’ छ ।
(काशिनाथ खनाल बिगत १७ बर्षदेखि सामाजिक सेवामा कार्यरत व्यक्तित्व हुनुहुन्छ । इमान्दारिता, मितव्ययिता, कर्मठ, सत्यवादिता, जवाफदेहिता, नृतृत्व र ज्ञान उहाँका मूल्यमान्यताहरू हुन् । उहाँ विश्वशान्ति तथा एकीकृत परिवार संघ नेपाल र त्यससँग सम्बन्धित संस्थाहरूको नेश्नल लेक्चरर पनि हुनुहुन्छ । )