खादा संस्कृति कि विकृति ?

जनकमान डंगोल
तु खबर संवाददाता
२०७३ चैत्र १२,शनिबार ००:०४

‘खादा’ भनेको तिब्बती संस्कार हो र मंगोलिया हुँदै भित्रिएको यो संस्कृति शुभ बिवाह, मृत्यु पछिको अन्त्येस्टी, चाडपर्वको बेला देखि शुभ आशिर्वाद दिने बेलामा मानको खातिर अर्पित गर्ने गरिन्छ । पछी पछी तिब्बतीहरुले बिदेसी पाहुना आउँदा स्वागतकोरुपमा खादा लगाउने चलन बसालेका हुन ।

०४६ साल भन्दा अगाडी सम्म नेपालका केहि सिमित जनजातीहरु बाहेक अन्य जातिहरु लाई ‘खादा’ भनेको के हो र यो के कामको लागी प्रयोग गरिन्छ भन्ने कुराको थाहा पत्तोनै थिएन । २०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्रको पुनर्स्थापना पश्चात राजनीतिक पार्टीका नेताहरु राजनीतिक भ्रमणमा जिल्ला तथा ईलाकाहरुमा जाँदा शेर्पा, गुरुङ तथा तामांग समुदायहरुले आफ्ना नेताहरुको मानको खातिर खादा अर्पण गर्ने गर्दथे ।
‘खादा’ भनेको तिब्बती संस्कार हो र मंगोलिया हुँदै भित्रिएको यो संस्कृति शुभ बिवाह, मृत्यु पछिको अन्त्येस्टी, चाडपर्वको बेला देखि शुभ आशिर्वाद दिने बेलामा मानको खातिर अर्पित गर्ने गरिन्छ । पछी पछी तिब्बतीहरुले बिदेसी पाहुना आउँदा स्वागतकोरुपमा खादा लगाउने चलन बसालेका हुन ।
तिब्बतीहरुको देखासिकी गर्दै हाम्रो देसमा पनि बि.स २०४६ साल पछी भित्रिएको यो संस्कृतिलाई नभई नहुने अत्याबस्यकबस्तुको रुपमा लिन थालेको देखिन्छ ।
खादा के हो भन्ने बिषयमा जानकारी लिन चाहनु हुन्छ भने यहाँ थिच्नुहोस  http://wap.tibet.cn/en/culture/201506/t20150616_3237123.html
दक्षिण पुर्बी एसियाको धेरै देसहरुमा आप्रबासी चिनियाँ समुदायको बाक्लै उपस्थिति छ भने सिंगापुरमा रास्ट्रपति देखि प्रधानमन्त्री सम्म चिनिया समुदायको नागरिक छन । त्यस्तै मलेसियाको राजनीतिमा पनि मुख्य मन्त्रि देखि मन्त्रि सम्ममा चिनियाँ मुलका नागरिकहरु पुग्न सफल भै सकेका छन । पंक्तिकार सन २००४ डिसेम्बर देखि सन २०१६ फरवरी सम्म मलेसियामा रोजगारीको सिलसिलामा कार्यरत रहेको थियो । चिनियाँमुलका नागरिकहरु नै मलेसियाको उधोग व्यापारमा अग्रपंक्तिमा रहेको देखिन्छ पंक्तिकारले चिनियाँहरुसंग  घुलमिल गरेर बसेको भने सन २००८ मार्च देखि हो ।
चिनियाँहरु मुख्यतया ताओ धर्मालम्बी हुन । ताओ सम्प्रदायको पुजा बिधि बिधान  हिन्दु धर्म मान्ने नेवारी संस्कृति संग मेल खान खोज्छ । भन्नलाई ताओ धर्म पनि बुद्धकै एक अवतार हो भन्छन तर पुजाआजाको दौरानमा बुद्धलाई फलफुल प्रसादी अर्पण गर्दा सुद्ध साकाहारी खानेकुरा मात्र अर्पित गरिन्छ भने ताओ धर्म मान्नेहरुले हामि नेवार जातिहरुले जस्तै गरि मांसाहारी बस्तु समेत अर्पित गर्छन तर पंतिकारले आज सम्म चिनियाँहरुले ‘खादा’ चढाएको देखेको छैन भने नचढाये पछी पहिरिने कुरा पनि भएन ।
मेरो बाल्यकाल देखिको अति परम मित्र बीरमान घलान जातिले तामांग समुदायको हुनुहुन्छ । हामि जस्तै सानैमा उहाँको पिताज्यु पनि नुवाकोटबाट हेटौडामा बसाई सरि आउनु भएको हो । मित्रले बर्षको एक पटक घरमा स्वस्ति सान्ति गराउनु हुन्छ । फरक के छ भने हामि हिन्दुले ब्राम्हण पण्डित बोलाएर स्वस्ति सान्तिको लागि रुद्री पाठ पुजा गराउछौ भने मेरो मित्रले लामा गुरु बोलाएर स्वस्ति सान्ति गराउनु हुन्छ । हिन्दु पण्डितले बेद पुराण पढ्छन भने लामाले पनि लामाको बेद (पोस्तक) पढ्छन । देउतामा अर्पित गरिने फलफुल, मेवा मिस्टान्न देखि पन्चामृत सम्म एकै देखिएता पनि फरक चैँ के छ भने तामांग समुदायमा पुजा आजामा देवता देखि गुरु र गुरुका अनुयायीहरु सम्म लाई ‘खादा’ अर्पित गर्ने चलन छ । हामी हिन्दुहरु पनि पण्डित गुरुहरुलाई पुष्पमाला पहिर्याएर सम्मान गर्छौ ।
सोहि पुजाको समयमा मैले एकपटक लामा गुरुलाई ‘खादा’ को बिषयमा सोधेको थिए र लामा गुरुले ‘खादा’ भनेको देवतालाई अर्पित गरिने फुल प्रसादी जस्तै हो भनेर जवाफ दिनु भएको थियो । हिन्दुहरुले पनि कुलायन पुजा गर्ने बेलामा चढाएको ध्वजा (जुन सेतो र रातो रंगको मार्किन कपडाको हुन्छ) लाई पुजा समाप्ति पछी गलामा पहिरिन्छन । जसरि हिन्दुले फुलाको माला देखि ध्वजा लगाउछन हो त्यस्तै गरि लामा गुरु र उनका अनुयायीहरुले खादा लगाउने चलन छ ।
हिमाली जिल्लाहरुमा फुल पाईदैन भने फुलको सट्टामा रेसमी देखि सुतीको विभिन्न रंगको कपडाहरुमा लामा मन्त्र छपाएर सम्मानको लागी खादा पहिर्याईने गरिन्छ । सक्कली खादामा तिब्बती लीपी धेरैले देखेको हुनु पर्दछ ।
२०४६ साल पछी हाम्रा देसका सबै पार्टीका नेताहरुले भारतीय नेताहरुको सिको गर्दै उतैका नेताहरुले जस्तो लगाउने पोसाक देखि गलबन्दी जस्तै देखिने कपडामा पार्टीको चिन्ह अंकित गराएर लगाउने गरेका छन । हाम्रा राजनीतिक पार्टीका नेताहरु भारतीय नेताको जस्तै पोसाकमा सजिएर जिल्ला भ्रमणमा जाँदा पार्टीका कार्यकर्ताहरुले फूलमालाको सट्टा ४/५ हाते सेता कोरा कपडा जसलाई ‘खादा’ भन्ने नाम दिइएको छ त्यस्ता कपडाहरु घांटीमा लगाई दिने गर्न थालेका छन । राजनीतिक पार्टीका कार्यक्रमहरु मात्र नभएर साहित्यिक देखि बिवाह सम्मको कार्यक्रममा यस्ता सेता कोरा कपडा जस्ता देखिने चार पाँच हाते कपडा घांटीमा बाध्ने यो कुन चलन हो ? लाउने देखि लगाई दिनेहरु नै जानुन ।

हाल नेपालमा प्रयोग गरिने खादा भनेको चौडाईमा अन्दाजी चार पाँच अम्बल र लम्बाइमा अन्दाजी डेढ दुई हात सम्मको हुन्छ तर
सक्कली मंगोलियन खादा ५८ ईन्चि सम्म लामो हुन्छ (पुरा विवरण जान्नको लागी http://craftyhand.com/religion-spirituality/520/silk-khada-58-long.html यहाँ थिच्नुहोस)


मैले देखेको सक्कली खादा चैँ त्यो हो र बिदेसी पाहुनाहरु आउँदा समेत हाम्रा सेर्पा देखि गुरुङ, तामांग समुदायका ब्यक्तिहरुले यस्ता खादा पहिर्याई दिने गर्थे भने हाल प्रयोग गर्ने गरिएको मजेत्रो जस्तो देखिने त्यो घ्यु रंगको चिल्ला कपडा के सक्कली खादानै हो त ?
हाम्रो देस नेपालमा धार्मिक तथा अन्य सभा समारोहहरुमा फुलमालाले स्वागत गर्ने चलन छ तर सदियौ देखिको यस्ता चलनहरुलाई बिस्थापित गर्दै हावा र हचुवाको तालमा ‘खादा’ संस्कृति भित्र्याउनु ठिक कि बेठिक । यो बिषयमा सबैले सोच्न जरुरि भैसकेको छ ।
कम्युनिस्टहरुले धर्म मान्दैन भन्छन अनि धर्म नमानेसी संस्कृति देखि पर्वहरु समेत मान्ने त कुरै भएन तर कम्युनिस्टमा पनि धर्म र संस्कृति मान्नु हुन्न भनेर अडिग निर्णय लिने माओबादी नेता देखि कार्यकर्ताहरु समेतको गलामा सेता राता खादा हिजो आज टन्न देखिन्छ भने नेपालको कम्युनिस्टहरु सक्कली कम्युनिस्ट कसरि भए ?

कमरेड माओ त चाईनाका हुन । हाम्रा नेपाले कम्युनिस्ट नेताहरुले कामरेड माओको घाटीमा खादा झुन्डेको देखेका छन ? उबेला देखि अहिले को रास्ट्रपति सी जिन पेंगहरुले समेत चिनमा खादाको माला लाएर हिडेको कसैले देखेका छन ? छैन भने पशुपति देखि बुद्धको देसमा यो बिकृति र विसंगतिहरु किन अंगालीदैछ ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*