दीपक नेपालीको टेलर अनुभव : गरे स्वदेशमै सकिन्छ
दिपक नेपाली, दिनभरि आफ्नो टेलरमा कपडा काट्ने र सिलाउने काममा व्यस्तहुन्छन् । ग्राहकआएभने ग्राहकसंग भलाकुसारी गर्न पनिभ्याउछन् । कपडा सिलाइको अर्डर लिने, फित्ता समातेर शरीरको नाप लिने र त्यहि अनुसारको कपडा काट्ने काममा उनीअभ्यस्त हुन्छन् । दिनभर जसो काम गर्दा आश्रित परिवारलाई खुसीका साथ पालनपोषण गर्न र केही बचत गर्न पनि उनलाई सजिलो छ । हेटौंडाको भुटनदेवी स्कुलको अगाडिको सटर नेपालीको दैनिकी विताउने विश्वविद्यालय हो । अन्य विश्वविद्यालयमा किताबका पाना पल्टाएर रिसर्च गरिन्छ भने उनको भुटनदेवी टेलर्समा ग्राहकको चाहना अनुसारको कपडा सिलाएर विश्वविद्यालयको कोर्स पूरा हुन्छ ।
उमेरले ३० वर्षका उनी अरु ३० बर्षे भन्दा विल्कुल फरक छन् । यहि पेसामा करीब १५ वर्ष देखि उनले पसिना बगाउदै आएकाछन् । उनी कामदार पनि हुन् र व्यवसायको मालिक पनि। यहि पेशाबाट उनले बार्षिक रुपमा करीव ५ लाखआम्दानी गर्छन् । आफू स्वरोजगार त छदैछन्,उनले करीब ४ जनालाई रोजगारी पनि दिएका छन् ।
त्यसो त उनी वैदेशीक रोजगारीको लागि पनि नगएका हैनन् तर विदेशमा आफुले साचे जस्तो नभएको र अतिकठिन् परिस्थिति आफुले ३ वर्ष कतार बस्दा भोगेको तितो अनुभव उनीसंग छ । विदेशको ठाउँमा निकै अप्ठ्याराहरु झेलेपछि उनी फर्किए । फर्किएपछि उनले आफूलाई टेलरिङ पेशामा आवद्ध गराए । उनी उत्साहका साथ भन्छन् –“नेपालमै विदेशमा गएर गर्ने जतिदुःख गर्न सके जीवनयापन गर्नसक्ने स्थिति छ । हो उनको आफ्नो ५ जनाको परिवार त्यसैमा निर्भर छ । उनको टेलरमा पुग्दा उनी आफै काममा व्यस्त थिए ।करिब ६ वर्ष काठमाडौमा यही व्यवसाय संचालन गरेपनिआफ्नो जन्मस्थान हेटौंडा मानै यो व्यवसाय संचालन गर्न सकिने उत्साहजाग्दै गएपछि नेपाली हेटौंडाफर्किए । हेटौंडामा बढ्दो जनसंख्या र बजार देखेपछि उनमा व्यवसाय जन्मस्थानतर्फ सार्न थप उत्साह थपियो । करिब ५ देखि सिजनमा १० वटा सम्म सुट पाईन्ट सिलाउने मानिस आउने गरेको उनले बताए । एक पटकआउने सेवाग्राही पून त्यहीँ आउने गरेको अनुभवपनि छ नेपालीसँग ।
सिलाउन दिएको कपडा उनी समयमै उपलब्ध गराउँछन् । ग्राहकलाई भनेकै दिन सेवा दिन सक्दाउनको विश्वास पनि बढेको छ । कालिगढहरु पनि राम्रा छन् जसका कारण उनलाई काममा निकै सहज भएको छ । उनकोमा आउने सेवाग्राही पनि रेगुलरजस्तै उनैको आउँछन् । मकवानपुर छतिवनका रेमश दुलाल,नेपालीको टेलरबाट सेवा लिँदा खुसीलाग्ने गरेको बताउँछन् ।
उनले टेलरमा आवश्यक पर्ने सामानहरु काठमाडौं र रक्सौलबाट आयात गर्ने गरेकाछन् । सामानढुवानीमा केही समस्या नरहेको बताउँछन् । सिलाईकडाई सघं र उद्योग वाणिज्य संघले पनि आफँलाई राम्रो सहयोग गरेका कारणपनि यहि पेशामा आवद्धरहि रहन प्रेरित गर्ने गरेको उनी बताउँछन् । सिलाई कडाईको कामका लागि आउनेहरुको लागि पनि सिलाईको रेट सहुलियत गरेकाछन् । सुट पाईन्ट सिलाईमा एक सेट बापत ७ हजार र कोर्ट पाईन्टको हकमा ४ हजार वा सिलाईको प्रकृति हेरी त्यसमा छुटको व्यवस्था रहेको उनी बताउँछन् ।
स्वदेशी तथा विदेशी कपडा सजिलै र सहुलियत मुल्यमा पाईने र उत्कृष्ठ सिलाउने गरेकोले समेत सबैको चासो बढ्दै गएको उनको दावी छ । भुटनदेवी टेलर्समा कोर्ट पाईन्ट सिलाउँदा सर्ट पाईन्ट टाई र कोट, कभर हेङ्गर निःशुल्क पाईन्छ । श्रमको सम्मान र मिहेनत गरे नेपालमै केही हुन्छ भन्ने उनको सोच छ । वैदेशिक रोजगारीको लागि उत्साहीन हुन उनले आग्रह पनि गरेकाछन् ।