१९ जनालाई खाता व्यवस्थापन तथा लेखा तालिम प्रदान
हेटौंडा, १६ जेठ । हेटौंडा–१७ मा आज १९ जनालाई खाता व्यवस्थापन र लेखा तालिम प्रदान गरिएको छ । अशोकबाटिका बचत तथा ऋण सहकारि संस्था, शिक्षा उपसमितिको आयोजनामा एक दिवसीय समुह खातापाता ब्यवस्थापन तथा लेखा तालिम संस्थाको प्राङ्गणमा आयोजना गरिएको हो ।
संस्थाबाट संचालित लघुबित्त समुहका पदाधिकारीहरु लक्षित तालिमको समापन कार्यक्रम संस्थाको शिक्षा उपसमितिका संयोजक लेखनाथ ढकालको अध्यक्षता तथा संस्थाका अध्यक्ष योगनाथ दंगालको आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाका बिवेक सापकोटाले संचालन गरेको कार्यक्रममा लघुबित्त समुहका १९ सदस्यहरुको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा बोल्दै संयोजक लेखनाथ ढकालले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै तालिमबाट सिकेको ज्ञानलाई समुहको बिकासमा लगाउन आग्रह गरेका थिए ।
कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीबाट रामजानकी लघुबित्त समुहका सचिव सिर्जना सापकोटाले कार्यक्रमको उपलब्धिको बारेमा बोलेका थिए । तालिममा संयोजक लेखनाथ ढकालले स्वागत मन्तब्य राख्नुका साथै संस्थाका अध्यक्ष एवं पूर्व ऋण समिति संयोजक योगनाथ दंगालले ऋण सम्बन्धी जानकारी तथा ब्यवस्थापक खिलप्रसाद पौडेलले संस्थाको गतिविधि प्रस्तुत एवं समुह खातापाता ब्यवस्थापन तथा लेखा सम्बन्धी प्रयोगात्मक शिक्षा प्रदान गरेका थिए ।