हेल्लो सरकारको ४ सय ७८ गुनासो अलपत्र, २ सय ४४ मात्र फर्च्यौट

तु खबर संवाददाता
२०७४ श्रावण १८,बुधबार ०७:५६

हेटौंडा, १० साउन । नेपाल सरकारद्वारा  संचालित हेल्लो सरकारको मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७३÷०७४ मा कार्यालयमा दर्ता हुन आएका ७ सय २२ गुनासोको उजुरी मध्ये २ सय ४४ वटाको मात्र फच्र्यौट गरेको छ भने ४ सय ७८ वटा गुनासो फच्र्यौट नभई  अलपत्र परेको छ  ।

मंगलबार मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाले पत्रकार संम्मेलन मार्फत मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्ला मध्ये १६ वटा जिल्लामा  दर्ता भएका गुनासो र त्यसको फच्र्यौटको बिषयमा जानकारी गराए अनुसार ४ सय ७८ वटा गुनासो विभिन्न कारण फच्र्यौट हुन नसकेको जनाएको हो । गुनासो दर्ताको लागि जारी गरीएको विभिन्न माध्यम मध्ये टेलिफोन  बाट ७ सय १६ वटा ,  ईमेल मार्फत ४ वटा र हुलाक मार्फत २ वटा गुनासो दर्ता भएको थियो ।

दर्ता भएका फच्र्यौट हुन बाँकी ४ सय ७८ वटा गुनासो भने केही लामो बिषयवस्तु र ठुलो प्रकारको गुनासो भएको कार्यालयले जानकारी दिएको छ । साथै ती बाँकी गुनसोहरु तत्कालै समाधान गर्न नमिल्ने किसिमको भएकोले फच्र्यौट हुने कुनै एकिन समय नभएको मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासक शम्भु कोईरालाले बताए ।

हेल्लो सरकार प्रणाली मार्फत गुनासो दर्ताको लागि निःशुल्क टोल फ्री नम्बर ११११ र फ्याक्स नम्वर ११०० को व्यवस्था साथै हुलाक,कुरीयर वा आफैँ उपस्थित भएर निवेदन दिने व्यवस्था गरीएको थियो ।

फच्र्यौट भएका गुनासो मध्ये १ सय २१ वटा टेलिफोन मार्फत , ८४ वटा गुनासो चिठीपत्र मार्फत र अनलाईन पोर्टल मार्फत ३९ वटा प्राप्त भएका थिए । मध्यमाञ्चल विकास क्षेत्रका १६ वटा जिल्लाका सबैभन्दा बढि गुनासो दर्ता भएका जिल्लाहरु चितवनमा १ सय ८५ वटा , धनुषामा ९३ वटा , रौतहटमा ९१ वटा, पर्सामा ७३ वटा र बारामा ६२ वटा रहेका छन् ।

त्यसैगरी सबैभन्दा कम गुनासो दर्ता भएको जिल्लाहरुमा रसुवामा २ वटा ,रामेछापमा ६ वटा, सिन्धुपाल्चोक ,दोलखा र सिन्धुलीमा गरी ७ वटा ,नुवाकोटमा ८ वटा ,र धादिङ्मा १० वटा गुनासो दर्ता भएका छन् ।

फच्र्यौट हुन बाँकी गुनासोको बिषयमा पनि आफुहरुको पहल रहने तर एकिन समय भन्न नसकिने समेत क्षेत्रीय प्रशासक शम्भु कोईरालाले बताए । उनको भनाईका आधारमा बाँकी गुनासो अलपत्रमा पर्ने देखिन्छ ।

कार्यक्रममा मध्यमाञ्चल  क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रवक्ता एवं शाखा अधिकृत गुणराज  न्यौपाने ,  शाखा अधिकृत एवं सुचना अधिकारी विनय कुमार श्रीवास्तव लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रमको सभाध्यक्ष समेत रहेका क्षेत्रीय प्रशासक कोईरालाले कार्यक्रम समापनको क्रममा आम जनताहरुले आफ्नो स्थानमा रहेका गुनासो विभिन्न माध्यम मार्फत दर्ता गराउनको लागि अनुरोध समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*