जनजाति-महासंघलाई-२-लाख-६०-हजारको-सामाग्री

तु खबर संवाददाता
२०७४ श्रावण २६,बिहीबार ०४:०२

हेटौंडा, २५ असार । आदिवासी जनजातिको संस्थागत बिकासको निम्ती हेटौंडा उपमहानगरपालिकाले २ लाख ६० हजार रकम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय  परिषदलाई दिएको छ । सो रकम बराबरको आईतबार महासंघले कार्यालय व्यवस्थित रुपमा सञ्चालन गर्नको लागी आवाश्यक फनिर्चरहरु किनेको छ । आईतबार नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय  परिषदको आयोजनामा गरीएकोे आवाश्यक समाग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहागरपालिकाका सामाजिक विकास महाशाखाका प्रबन्धक भिम तिमल्सिनाले एक कार्यक्रमका बिच उक्त सामानहर हस्तान्तरण गरेका थिए । महासंघले एक थान ल्यापटप, टेबुल कुर्सी ,प्रोजेक्टर, साउण्ड सिस्टम फोटोकपी मेसिन आदि खरिद गरेको छ ।

सहयोग गरीएको रकम पारदर्शी होस भन्ने उदेश्यको साथ जिल्लाभर रहेका विभिन्न जनजाती संघहरुको प्रमुख एवम प्रतिनिधी र सञ्चारकर्मी र हेटौंडा उपमहानगरपनलिकाका प्रतिनिधी सहितको उपस्थीतमा उक्त कार्यक्रम गरीएको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय  परिषदका अध्यक्ष जंग बहादुर गुरुङले बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ल समन्वय परिषदका अध्यक्ष तिर्थ थापा ,नेपाल मगर युवा संघका जिल्ला अध्यक्ष अशोक साारु मगर, भुजेल समाज सेवा समितका जिल्ला अध्यक्ष धुर्व बहादुर भुजेल , नेपाल मगर संघ मकवानपुरका अध्यक्ष शंकर थापा मगर , नेवा देय दबु मकवानपुरका अध्यक्ष योगेश्वर श्रेष्ठ, थारु कल्यणकारीका अध्यक्ष हरीलाल चौधरी लगाएतको उपस्थीती रहेको थियो । 

कार्यक्रम हेटौंडा उपमहागरपालिकाका सामाजिक बिकास महाशाखाका प्रबन्धक भिम तिमल्सिनाको प्रमुख आतिथ्यता एवम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय  परिषदका अध्यक्ष जंग बहादुर गुरुङको अध्यक्षतामा भएको होे ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*