जनप्रिय उच्च माविमा लफडा, शिक्षक प्रहरी नियन्त्रणमा
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
हेटौंडा, १० जेठ । हेटौंडा उपमहानगरपालिका १६ हटियामा अवस्थित जनप्रिय उच्च मावि प्राविधिक शिक्षालय तनावग्रस्त बनेको छ । त्यहाँका स्थानीय एक शिक्षकले केही किशोरीहरु (विद्यार्थी)लाई यौन दुव्र्यवहार गरेको आरोपमा आक्रोशित स्थानीयहरुले शिक्षकको विरोधमा नाराबजी गरेका हुन् ।
घटनाका प्रत्यक्षदर्शी एक स्थानीयका अनुसार त्यहाँको समस्यालाई सुल्झाउन प्रहरी समेत पुगेको थियो । स्थानीयहरुले शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने भन्दै नाराबाजी गरेका छन् । यौन दुव्र्यवहारमा परेको भनिएका किशोरीहरुले शिक्षकले जिस्काउने बहानामा संवेदनशिल अंगमा स्पर्श गर्ने गरेको आरोप लगाएका छन् । केही किशोरीहरुले उक्त आरोप लगाएपछि त्यहाँ झडपकै स्थिती सिर्जना भएको श्रोतले बताएको छ ।
आरोपित शिक्षकले भने आफुले नियतबश त्यस्तो नगरेको बताएका छन् । उनले आफुले जिस्कीने क्रममा त्यस्तो भएको हुन सक्ने बताएका हुन् । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ ।
स्थानीयहरुले यौन दुव्र्यवहारको आरोप लगाएतापनि मकवानपुरका एसपी बसन्त कुमार लामाले आरोपित शिक्षक र विद्यार्थी दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र यही नै कारण भन्ने खुली नसकेको बताएका छन् । तु खबरसँग कुराकानी गर्दै एसपी लामाले अहिले अनुसन्धान भईरहेकोले अनुसन्धान पश्चात नै वास्तविक कारण खुल्ने बताए ।