मकवानपुरको विकासकालागि के गर्ने ?
मकवानपुर ऐतिहासिक महत्वका साथै पर्यटकिय सम्भावना बोकेको जिल्ला हो तर यसको समूचित विकास हुन अझै सकिरहेको छैन । विभिन्न समयमा यसका विकासकालागि विभिन्न प्रयासहरु गरिएतापनि त्यो सफल हुन सकेको छैन । मकवानपुरको विकासमा केही हुँदै नभएको होईन तर जति प्रयासहरु गरिएका छन् ती केबल एजेण्डा र योजनामा मात्र सिमित भएको छ । विभिन्न निकायबाट विभिन्न प्रयास भएता पनि त्यसको कार्यान्वयनमा कसैको चासो पुग्न सकेको छैन । यस्तो अवस्थामा मवानपुर विकासको लहरबाट बाईपास हुन बेर लाग्दैन ।
मकवानपुरको विकासकालागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको ऐतिहासिक र पर्यटकिय क्षेत्रलाई विकास गर्नु नै हो । साथै भौतिक विकास, बजार स्तरोन्नतिका विषयहरुलाई पनि नकार्न सकिन्न ।
मकवानपुरको विकासकालागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको ऐतिहासिक र पर्यटकिय क्षेत्रलाई विकास गर्नु नै हो । साथै भौतिक विकास, बजार स्तरोन्नतिका विषयहरुलाई पनि नकार्न सकिन्न । मकवानपुरको ऐतिहासिक स्थानहरुमा मकवानपुरगढीको चर्चा सदैव हुनेगर्छ । तर यसको संरक्षण र संम्वर्दन हुन सकेको छैन । आन्तरिक पर्यटकहरुको भिड लाग्ने मकवानपुर गढीमा बाह्य पर्यटकलाई पनि आकर्षित गराउने सकिने गरि विकासको योजना अघि सार्न सके मकवानपुरको विकासले फड्को मार्न सक्छ । यस क्षेत्र वरपर होमस्टेको उचित विकास र त्यहाँसम्म जानआउनकालागि सहज यातायात सुविधाको व्यवस्था गरेर पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यस्तै मकवानपुरको अर्को ऐतिहासिक स्थान चिसापानीगढीलाई पनि त्यस्तै संरक्षणको अभाव छ । त्यस्तै नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ईन्द्रसरोवरलाई पनि पर्यटकिय दृष्टिकोणका आधारमा विकास गर्न सकिन्छ । हेटौंडामा नै अवस्थित शहिद स्मारक, कुष्माण्ड सरोबर त्रिवेणीधाम, भुटनदेवी मन्दिर, पशुपति क्षेत्र,पुष्पलाल शान्ति पार्क लगायतका क्षेत्रहरुलाई पनि संरक्षण र उचित विकास गर्न सकेमा मकवानपुरले विकासको गतिमा फड्को मार्न सक्छ । त्यस्तै हेटौंडा आसपास नै रहेको मनकामना मन्दिर, पाथिभरा मन्दिर भैरव डाँडा, गुम्बाडाँडा लगायतका क्षेत्रलाई पनि उचित विकास गर्न सकेमा मकवानपुरले विकासको मुहार छिट्टै देख्न पाउँछ ।
मकवानपुरको विकास चाहाने प्रत्येकले माथि उल्लेखित धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुको उचित विकासकालागि पहल गर्न जरुरी छ । साथै भौतिका पूर्वाधारहरुको व्यवस्था गर्न सक्ने अवस्था तयार पार्न सक्नुपर्छ । यदि छिट्टै नै यी क्षेत्रहरुको महत्व बुझेर तिनीहरुको विकासकालागि सबै दल र नागरिक सरोकार केन्द्रहरु मिलेर लागिपरेमा मकवानपुरको विकास धेरै टाढा छैन ।