नेपाली समाजमा विद्यमान अन्तरबिरोधको मार्क्सवादी अध्ययन

तु खबर संवाददाता
२०७४ कार्तिक १८,शनिबार १६:११

प्रबेश दाहाल
……….

संसारमा अस्तित्वमा रहेका हरेक बस्तुहरु उत्पत्ति बिकास र बिनाशको दिशामा निरन्तर कृयाशील हुन्छन् ।परस्पर बिरोधि बस्तुहरुको बिचमा निरन्तर संघष चलिरहन्छ।बिपरित बस्तुहरु बिच चल्ने यहि अन्तर संघर्षकै कारण पुराना बस्तुहरु बिनाश र नयाँ बस्तुहरु बिकास हुँदै जान्छन् ।यसर्थ बिपरित बस्तुहरु बिचको अन्तर संघर्ष नै बस्तु बिकास र बिनाशको आन्तरिक एबम् मुख्य श्रोत हो।यो नै बस्तु बिकास सम्बन्धि माक्र्सवादी दृष्टिकोण हो।

राज्यसत्ता स्वयम् एक बर्गले अर्को बर्गलाई दबाउने संम्यन्त्र भएका कारण यसको निर्माण बिकास र बिनाश पनि उल्लेखीत परस्पर बिरोधि शक्तिहरु बिचको अन्तर संघर्ष कै कारण हुने गर्दैछ ।बस्तु बिकासको यहि नियम अनुसार आदिम साम्यवादमा भएको अन्तर बिरोधले दास युग,दास युगमा भएको अन्तर बिरोधले सामन्तबादी समाज,सामन्तबादी समाजमा भएको अन्तर बिरोधले पूँजिबादी समाज र पुँजिबादी समाजमा भएको अन्तर बिरोधले समाजबाद हुँदै साम्यवादी समाज निर्माणको एक अबिछिन्न बाटोमा सिङ्गो मानब समाज हिडिरहेको छ

सत्तामा रहेको हरेक बर्गले त्यस बर्गको स्बार्थ रक्षा गर्दछ भन्ने कुरा इतिहासले प्रमाणी गरिसकेको छ।दास युगमा मालिकले दासको बेचबिखन गर्ने पाउने अत्याचारी नियम,सामन्तवादी समाजमा हलिको छोरो हलि नै बन्नु पर्ने बाध्यात्मक परबन्ध,पुँजिबादी समाजमा मजदुर किसानमा माथि भइरहेको शोषणको कानुनी बैधता,समाजबादी समाजमा शोषक बर्ग माथिको अधिनायकत्व आदि यसका उदाहरण हुन।

अहिले नेपालमा चलिरहेको सत्ता दलाल पुँजिबादी सत्ता हो।पुँजिबादी समाजमा धन सम्पति हुनेहरु लाई जे सुकै गर्ने अदृश्य छुट हुन्छ ,मानव अधिकार समानता अादि गरिबहरुका निम्ति हात्तीका देखाउने दाँत सिबाय अरु केही हुदैनन्।समग्र राष्ट्रिय पुँजीमाथि चार जना पुँजिपती को नियन्त्रण ,साना तिना सरकारि कर्मचारी शिक्षक निम्न र मध्यम पुँजिबादी बर्गको खस्कदो आर्थिक परिदृष्य, कठिन परिश्रमका बाबजुद मजदुर -किसान लगायतका करिब 80% निम्न बर्गिय जनताको साझ बिहान ओठ मुख जोर्ने समस्या,शिक्षा -स्बास्थय लगाएतका क्षेत्रमा भएक‍ो सिमाहिन निजिकरण,गरिब(मध्यम बर्गका समेत ) बर्गका छोराछोरी ले राम्रो बिषय पढन नपाउने दुखद अबस्था,बेरोजगारी,झन्डै 40 लाख युबा बिदेशीनु पर्ने बाध्यता,आधा हिस्साका रुपमा रहेका महिलाहरु माथिको बिबेध आदि अनगिन्ती समस्याहरु पुँजिबादले सिर्जेको हो।संसारका जुन सुकै पुँजिबादी मुलुकमा यी समस्याहरु बिधमान छन।यसका अलबा नेपालीको पुँजिबादी सत्ताको दलाल चरित्र रहेको छ।यसले अमेरिकी सामराज्यबाद र भारतीय बिस्तारबादको सेबा गर्दै राष्ट्र माथि समेत गम्भीरता गददारी गरेको छ।सिमानामा दिनहुँजसो भइरहेको ज्याजति र अतिक्रमणको मौन समर्थन ले यसको पुष्टि गर्दछ।

बिगत केही समय देखि नेपालमा व्यापक धुर्बिकरण सुरु भएको छ- प्रगतिशील र प्रतिगामी ,देशभक्त र राष्टघाति शक्ति बिच।यो धुर्बिकरण नै नेपाली समाजको मुख्य आधारभूत अन्तरबिरोध एबम् गतिसीलता को आधार हो।यसै अन्तर बिरोधकै माध्यमबाट पुरानो पुँजिबादी सत्ता को अन्तय र नवीन बैज्ञानिक समाजबादी सत्ताको निर्माण हुन्छ जसमा मात्रै पुँजिबादका उल्लेखीत समस्याको दिगो ,उचित एबम् बैज्ञानिक समाधान सम्भब छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*