राजन मैनालीको विगत र वर्तमान : सामाजिक सेवादेखि राजनीतिसम्म

तु खबर संवाददाता
२०७४ कार्तिक १९,आईतवार ०९:३५

हेटौँडा, १९ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति नेपाल मकवानपुरबाट राजन मैनालीले प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) मा उम्मेदवारी दिएका छन् । २०३९ सालबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका मैनाली हाल सम्म आउँदा राजनीतिसँगै विभिन्न सामाजिक सेवाका क्षेत्रमा समेत जोडी सकेका छन् ।

मैनालीको जन्म वि.सं.२०२१ सालमा काभ्रेको वाल्टीङ्मा भएको हो । उनी आमा गणेश कुमारी मैनाली र बाबु स्व. विष्णुप्रसाद मैनालीका छोरा हुन् । बारा जिल्लाको नेवि संघको अध्यक्ष भएसंगै उनले राजनीतिक जीवन सुरु गरेका हुन् । बि.ए सम्मको अध्ययन गरेका मैनालीले राजनीतिक यात्राकै क्रममा पटक पटक चुनौतीपुर्ण जेल जीवन समेत अनुभव गरेका छन् ।

२०४५ सालबाट मकवानपुरमा व्यवसायमा लागेका मैनालीले सामाजिक सेवाका क्षेत्रमा समेत आफुलाई समर्पित गरेका छन् । २०५६ देखि २०६३ सम्म मानव अधिकार तथा शान्ति समाजको जिल्ला सभापति हुँदै उनी केन्द्रीय सदस्य समेत भएका थिए । मैनालीले २०६२ बाट करिब ६ बर्ष रोटरी क्लबमा काम गरेको अनुभव छ । पशुपति मन्दिर परिसरमा रहेको पशुपति कम्प्लेक्स (नयाँ भवन)को निर्माण मैनाली अध्यक्ष भएकै पालामा भएको हो ।

समाज कल्याण परिषदको संचालक सदस्य भई काम गरेका उनले आधुनिक राष्ट्रिय माविको व्यवस्थापन समितिको अध्यक्ष भएर समेत काम गरेका थिए । मैनाली वडा नागरिक मञ्च र सामुदायीक विद्यालय व्यवस्थापन समिति महासंघ मकवानपुरको पुर्व अध्यक्ष समेत हुन् । साथै हेटौँडा सिमेन्टका संचालक सदस्य र हेटौँडा एफ.एम.को अध्यक्ष समेत भएर कार्य गरेको अनुभव उनीसँग छ ।

उनलाई मानव अधिकार तथा शान्ति वर्ष पुरस्कार २०६४, जागृति समाज नेपाल काठमाडौँद्वारा राष्ट्रिय नागरिक सेवा सम्मान २०७१, साँस्कृतिक जागरण अभियान नेपालद्वारा राष्ट्रज्योती सम्मान २०६६, शिक्षा मन्त्रालयबाट शिक्षा क्षेत्रमा प्रशासनीय काम गरेबापत ३६ औँ राष्ट्रिय शिक्षा दिवस २०७२ तथा अन्तराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा शिक्षा ज्योती सम्मानका साथै आधुनिक राष्ट्रिय उच्च माविले स्वर्ण जयन्ती सम्मानपत्रबाट विभूषित समेत गरेको थियो ।

हाल पुर्ण रुपमा राजनितिमा होमिएका मैनाली भ्रष्टाचार रहित समाज र विकासको रफ्तारको लागि आफ्नो उम्मेदवारी दिएको बताउँछन् । समानुपातिक विकास निर्माणको कार्य सुरु गर्ने प्रतिबद्धत्ता सहित उम्मेदवार बनेका मैनालीले दिगो तथा गुणस्तरीय विकास कार्य अगाडि बढाउने र मकवानपुरमा एउटा मेडिकल कलेज अनिवार्य स्थापना गर्ने योजना बनाएका छन् ।

उनले मकवानपुरलाई प्राविधिक र व्यवसायिक शिक्षाको हव बनाउन सके लाखौँ खर्च गरी विदेशीने विद्यार्थीहरुलाई स्वदेशमा नै प्रभावकारी शिक्षा दिनसकिने सोच अनुरुप उनले मकवानपुरलाई शिक्षाको हब बनाउने प्रतिबद्धत्ता जनाएका छन् ।
त्यस्तै परिवारबाट अपहेलित आमाबुवाको लागि आधुनिक बसोबासको योजना समेत बनाएर अघि बढेका उनले सबै धर्म सँस्कृतिको सम्मान र प्रवद्र्धन गर्ने प्रतिबद्धत्ता जनाएका छन् । उनले आफु सादा जीवन उच्च विचारमा रमाउन मनपराउने बताउँदै आफु साकाहारी रहेको समेत बताए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*