२०७० मा चुनाव बहिस्कार गरेकी कुमारी मोक्तान २०७४ मा उम्मेदवार

तु खबर संवाददाता
२०७४ कार्तिक १९,आईतवार १०:५६

हेटौँडा, १९ कात्तिक । वि.सं. २०७० सालमा चुनाव बहिस्कार गरेकी माओवादी केन्द्र मकवानपुरकी जिल्ला इन्र्चाज कुमारी मोक्तानले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्वर २ को (क) मा उम्मेदवारी दिएकी छिन् । माओवादीको स्थापनाकाल देखि आफ्नो राजनीतिक यात्रा सुरु गरेकी उनले आफ्नो जिवन राजनीतिमै समर्पित गरेकी छिन् ।

२०३६ सालमा मोक्तानको जन्म भएको हो । उनको बाबु सानुकान्छा मोक्तान र आमा तिर्थमाया मोक्तान हुन् । उनले विभिन्न पदमा रही राजनीतिमा आफुलाई समर्पित गर्दै आएकी छिन् । २०५५ सालमा पार्टीको जिल्ला समिति सदस्य ,२०५५ मै पार्टीको महिला अध्यक्ष ,२०५६ मा महिला केन्द्रीय सदस्य हुदैं राजनीतिक यात्रालाई रफ्तारमा दौडाईरहेकी उनले २०५७ मा भने १ बर्ष जेल जीवन बिताउनुपर्यो । २०५९ मा जिल्ला सचिव र २०६१ मा ताम्सालिङ स्वायत्त प्रदेश जनसरकार उप–प्रमुख साथै पार्टी क्षेत्रीय ब्यूरो सदस्य भईन् ।

२०६२–६३ को जनआन्दोलनमा सक्रिय रहेकी मोक्तान आन्दोलन पश्चातको पहिलो संबिधान सभा निर्वाचन २०६४ मा मकवानपुरको क्षेत्र नम्बर ४ बाट निर्वाचित भईन् ।

एकिकृत नेकपा माओवादीको पार्टी विभाजन पछि नेकपा माओवादीको जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य भईन् । २०७० को संविधानसभाको निर्वाचनमा भने मोहन बैद्य किरण नेतृत्वमा रहि चुनाव बहिस्कार समेत गरेकी मोक्तानले २०७३ मा उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पोलिट ब्यूरो सदस्य हुदैं जिल्ला ईन्चार्ज भई हाल काम गरिरहेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*