एमालेका रामेश्वर, श्रीधर र विष्णु ओझा अब कता ?

तु खबर संवाददाता
२०७४ कार्तिक १९,आईतवार ११:१४

मकवानपुर । एमाले मकवानपुरका प्रभावशाली नेताहरु आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि पाखा पारिए । यसअघि मेयर निर्वाचनमा पनि अन्तिम समयमा आएर धोका पाएका श्रीधर पोखरेल, बिष्णु ओझालगायतका नेताहरुले यो निर्वाचनमा टिकट पाउने चर्चा थियो ।
नेकपा एमालेका नेता तथा पूर्व जिविस सभापति रामेश्वर रानालाई इमान्दार नेताको रुपमा चर्चा गर्दा गर्दै अन्त्यमा पाखा लगाइयो । तीन पटक साँसद भइसकेका विरोध खतिवडालाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ भने पार्टीमा राम्रै काम गरेका भनेर चिनिएका श्रीधर पोखरेललाई पनि उम्मेदवार बनाइएन । यसअघि पनि साँसद रहेका राजाराम स्याङतानलाई पुनः उम्मेदवार बनाइएपछि एमालेमा आन्तरिक कलह चुलिएको छ । उता, महिला नेतृमध्ये अग्रपंक्तिमा रहेकी बिष्णु ओझा पनि एमालेले समेट्न सकेन ।

नेता श्रीधर पोखरेललाई निर्वाचन परिचालन कमिटीमा लगेर थन्काइरहेको छ भने विष्णु ओझा र रामेश्वर रानालाई पार्टीको जिम्मेवारीमा मात्र राखिएको छ । एमालेले हेटौंडा नगरको परिकल्पनाकार भनेर डोरमणि पौडेललाई अघि बढाएको छ । हेटौंडाको विकासका अवरोधक पौडेललाई अघि सारिएकोमा पनि बौद्धिक व्यक्तित्वहरुले आपत्ति जनाइरहेका
छन् । कोही बाम गठबन्धनको नाममा फालिए भने कोही एमालेभित्रकै लडाइँमा पछारिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*