राजतन्त्रको वकालत गर्नेहरु गणतन्त्रमा स्विकार्य हुँदैन : कृष्णप्रसाद दाहाल
हेटौँडा, २० कात्तिक । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले राजतन्त्रको वकालत गर्दै हिँड्नेहरु गणतन्त्रमा अव स्विकार्य नहुने भन्दै मकवानपुरका जनताहरु यस्ता प्रबृत्ति विरुद्ध सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
आईतबार बाम गठवन्धनले हेटौँडामा गरेको क्षेत्र नंबर १ स्तरीय भेलालाई संबोधन गर्दै दाहालले मुलकले स्थायी सरकार तथा सकारत्मक सोच भएको नेतृत्वको आवश्यकता चाहेको भन्दै उनले त्यसको लागि बाम गठबन्धनको जित शुनिश्चित हुनुपर्नेमा जोड दिए । उनले देशको समृद्धिको लागि बाम गठबन्धनको जित आवश्यक भएको बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रदेशसभाका उम्मेद्वार डोरमणी पौडेलले नेपालले चुनाव पछि समृद्धिको बाटो समात्ने विश्वास ब्यक्त गरे । संयुक्त कार्यक्रममा एमाले तथा माओवादी केन्द्रका केन्द्रीय तथा जिल्ला तहका नेताहरुको उपस्थिती रहेको थियो । भेलाले निर्वाचन कार्ययोजना समेत तय गरेको छ ।