विकास र समृद्धिका लागि उम्मेदवारी दिएको बानियाँको दाबी

तु खबर संवाददाता
२०७४ कार्तिक २०,सोमबार ०३:५२

हेटौँडा, २० कात्तिक । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर क्षेत्र नम्बर २ को विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।
हेटौँडामा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा बोल्दै बानियाँले राजनैतिक भाषण गर्ने नेता धेरै आएपनि विकास गर्ने नेताहरुको कमी देखेरै आफुले उम्मेदवारी दिएको बताए । उनले आफुलाई मकवानपुर क्षेत्र नम्बर १ का जनताले विजय गराएपछि बर्षौदेखि रोकिएको विकासले गति लिएको भन्दै २ नम्बर क्षेत्रमा पनि आफुले विकासको योजना अघि बढाउने बताए ।
यसअघि जितेका नेताहरुले आवश्यकता अनुसार काम नगर्दा पश्चिमी मकवानपुर सडक, शिक्षा, स्वास्थ्य, आर्थिक दृष्टिकोणले पछि परेको भन्दै उनले आफुले विगतमा यस क्षेत्रको विकासमा काम गरेको र आगामी दिनमा यसलाई थप गतिका साथ अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*