महालक्ष्मी साहित्य पुरस्कार साहित्यकार धनराजलाई
हेटौँडा, २० कात्तिक । चितवनका हाँस्य साहित्यकार धनराज गिरीलाई महालक्ष्मी विकास बैकले यस बर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७३ प्रदान गरेको छ । रु २१ हजार १ रुपैया राशी रहेको सो बैंकको १५ औं साहित्य पुरस्कारलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि डा. तुलसी भट्टराई तथा हेटौँडा शाखाका प्रबन्धक राजेश लामिछानेले हेटौँडामा संयुक्त रुपमा प्रदान गरेका हुन् ।
तत्कालीन यति फाईनान्स लिमिटेडले भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पुरष्किृत गर्ने उद्देश्यले २०५९ सालमा १५ हजार राशीको यति फाईनान्स साहित्य पुरस्कार यस बर्ष देखि बैंक समायोजन भएर नाम परिवर्तन भएसंगै महालक्ष्मी साहित्य पुरस्कार बनाईएको हो ।
साथै यसै बर्ष देखि पुरस्कारको राशीमा बृद्धि गरिएको बैँकले जनाएको छ । कार्यक्रममा बरिष्ठ कवि तीर्थ श्रेष्ठ, राजेश्वरी काफ्ले, लगायतको सहभागिता रहेको थियो ।