एमाले प्रवेश गरेका गिरिजा र अमृत जिल्ला सदस्य मनोनित
![](https://www.tukhabar.com/wp-content/uploads/2017/11/mmc-stdent.jpg)
हेटौंडा, २० कात्तिक । अनेरास्ववियु मकवानपुरको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले निर्वाचन परिचालनको लागि जिम्मेवारी बाँडफाँड गर्नुका साथै नयाँ शक्त्ती बिद्यार्थी युनियन, राप्रबिसं लगाएतको संघस्ंगठनबाट अनेरास्ववियुमा प्रवेश गरेका बिद्यार्थीहरुलाई जिम्मेवारी प्रदाग गरेको छ । नयाँ शत्ती बिद्यार्थी युनियनका केन्द्रिय सदस्य गिरिजा अधिकारी, जिल्ला अध्यक्ष अमृत वर्तौला, जिल्ला सदस्य जोशिना बत्तौलालाई अनेरास्ववियुको सचिवालय बैठकले जिल्ला सदस्यमा मनोनीत गरेको हो । आईतवार नयाँ शक्त्ती बिद्यार्थी युनियनको केन्द्रिय नेत्तृत्व सहित सम्पुर्ण जिल्ला कमिटी र क्याम्पस कमिटी नै अनेरास्ववियुमा प्रवेस गरेको थियो । यसैगरी राप्रबिसंबाट स्थानीय चुनाव अघि अनेरास्ववियु प्रवेश गरेका सुजन तिमल्सिनालाई पनि जिल्ला सदस्री मनोनित गरिएको
छ ।
अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष महेश बर्तौलाको प्रमुख आतिथ्यता एवम जिल्ला अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको बैठकले अनेरास्ववियुको तर्फबाट स्वबियु सभापतिमा निर्वाचित र पराजित बिद्यार्थी नेतालाई पनि जिल्ला सदस्यमा मनोनित गरेको छ । हेटौंडा क्याम्पसका निर्वाचित अध्यक्ष उमेश पुरी, निर्मल बहुमुखी क्याम्पसका सभापति श्याम उप्रेती, मनहरी बहुमुखी क्याम्पसका सभापती नकुल अर्याल, पालुङ बहुमुखी क्याम्पसका झिनो मतले पराजित स्वबियु सभापति गणेश केसिलाई मनोनित गरेको जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए । साथै, बंशगोपाल बहुमुखी क्याम्पसबाट एकजना छिट्टै मनोनित गरिने अनेरास्ववियु मकवानपुरले जनाएको छ