प्रतिवद्धता पत्र गाउँ गाउँमा पुराउँदै बानियाँ : गाँजा खेतीको विकल्पदेखि चेपाङ संग्रहालय र वैकल्पिक सडक निर्माणसम्म
मकवानपुर, २१ कात्तिक । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफ्नो प्रतिवद्धता पत्र गाउँ गाउँमा पुर्याएका छन् ।
अन्य उम्मेदवार आप्mनो चुनावी रणनीति बनाउन अलमलमा रहेका बेला उम्मेदवार बानियाँले भने आप्mनो १८ बुँदे संक्षिप्त प्रतिवद्धता पत्र गाउँ गाउँमा पराएका हुन् । मनोनयन दर्ता गरेको एक साता नपुग्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आप्mनो प्रतिवद्धता पत्र गाउँ गाउँमा पुराएको ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मोक्तानले बताए । सोमबार हेटौँडामा भएको कार्यकर्ता भेलामा सबै गाउँपालिका र वडाहरुमा प्रतिवद्धता पत्र पठाएको उनको भनाई छ ।
बानियाँले आप्mनो क्षेत्रको नदि प्रणाली व्यवस्थापन गर्दै बस्ति र बगरको सदुपयोग गर्ने, नारायणगढ–मुग्लिन सडकको बैकल्पिक सडकको रुपमा मनहरी–कैलाश हुँदै धादिङ मनहरी जोड्ने, विभिन्न रणनीतिक सडक, पुल पुलेसा, राष्ट्रिय चेपाङ संग्राहलय एवं बहुसांस्कृतिक भवन निर्माण जस्ता विषय समेटेका छन् ।
वनकरियाको दिर्घकालिन बसोबासका लागि छुट्टै जग्गा र आवासको व्यवस्था गर्ने, चेपाङ समुदायको जीवनस्तर सुधार्न सिपमुलक तालिम, नगदे बालिमा प्रोत्साहन, विभिन्न पर्यटकिय क्षेत्रको प्रवद्र्धन, गाँजा खेतिको विकल्पमा कागती, अम्रिसो, कफी लगायतका नगदे बालीमा प्रोत्साहन गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने लगायतका विषयलाई प्रतिबद्धता पत्रमा समावेश गरेका छन् ।