कार्यकारी राष्ट्रपतिको परिकल्पनाबिहीन बाम गठबन्धनको घोषणापत्र

तु खबर संवाददाता
२०७४ कार्तिक २१,मंगलवार १५:४६
फोटो : गुगल

काठमाडौँ, २१ कात्तिक । बाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा सहभागी भएका एमाले र माओवादी केन्द्रको घोषणापत्रमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबारे कुनै कुरा
उल्लेख भएको छैन ।
कार्यकारी राष्ट्रपतीय प्रणाली हुने भएपछि नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराई बाम गठबन्धनमा सहभागी भएका थिए । उनी बाहिएसँगै कार्यकारी राष्ट्रपति प्रणाली बाम गठबन्धनको घोषणामा कहिँ पनि अटाएको छैन । मंगलबार जारी घोषणापत्रमा यसबारे केही पनि कुरा उल्लेख गरिएको छैन । घोषणा पत्रमा संविधान कार्यान्वयन मूख्य हुने लेखिएको छ ।
बाम तालमेलसहित निर्वाचनमा सहभागी भएपछि निर्वाचनपछि बन्ने सरकारले स्थित सरकार बनाउने कल्पना गरिएको भएपनि घोषणापत्रमा यसबारे केही नबोलिएपछि कार्यकारी राष्ट्रपतिको सवालमा वकालात गरिरहेकाहरु निरास हुन थालेका छन् । यससँगै बाम गठबन्धनमा थोरै भएपनि समस्याहरु सृजना हुने संकेत देखिएको छ ।
कार्यकारी राष्ट्रपति हुने विश्वासका साथ बाम शक्तिहरुले मतदाता रिझाइरहेका थिए । तर, यो घोषणापत्रले बाम शक्तिहरु पनि खासमा सत्ता केन्द्रीत राजनीतिमा मात्र केन्द्रीत हुन थालेको चर्चा भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*