सवारी दुर्घटनामा एकको मृत्यू, १२ घाईते

तु खबर संवाददाता
२०७४ कार्तिक २२,बुधबार ०३:५७

काठमाडौं, २२ कात्तिक । भक्तपुरको सूर्यबिनायक–५ चुनदेबीमा काठमाडौंबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा.२ ख ४८९८ नम्बरको बसबाट खसेर मंगलबार गम्भीर घाइते भएका सहचालकको मृत्यू भएको छ । सोही बसका सहचालक सिन्धुपाल्चोक साँगाचोकका २० वर्षीय अनिल गिरीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बाराको सिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा ग.१ ख ४८२५ नम्बरको मिनीबस मंगलबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १० जनालाई नेशनल मेडिकल कलेज बीरगंज र २ महिलालाई चुरेहिल अस्पताल मकवानपुरमा उपचारको लागि पठाइएको छ ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । बसचालक र सहचालक फरार भएकोले खोजी कार्य भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*