भैरवडाँडालाई पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने प्रतिबद्धत्ता

एक सयभन्दा बढी काँग्रेसमा प्रवेश
तु खबर संवाददाता
२०७४ कार्तिक २२,बुधबार १०:२४
फाईल फोटो

मकवानपुर, २२ कात्तिक । मकवानपुरको भैरवडाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य सहित कार्य गरिने नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले प्रतिबद्धत्ता जाहेर गरेकी छिन् । हेटौँडा १० बाट भैरवडाँडा जोड्न केवुलकार निर्माणको लागि पहल गर्दै पर्यटकीय सम्भावना रहेको भैरवडाँडा लगायतका क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उनले बताएकी हुन् ।

नेपाली काँग्रेस हेटौँडा उपमहानगर १ नम्बर वडा समितिको आयोजनामा आज भैरवडाँडामा भएको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यायले यसो बताएकी हुन । कार्यक्रममा बोल्दै उपाध्यायले कम्युनिष्टहरुको पटक पटकको आन्दोलनका कारण औद्योगिक क्षेत्र धराशायी बनाएको बताउदै औद्योगिक क्षेत्रको विकासलाई मध्यनजर गर्दे हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई स्थायीरुपमा राजधानी बनाउने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले भैरवडाँडामा खानेपानी, सडकलगायतका पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउँदै युवाहरु विदेश पलायन हुने क्रम रोक्न काँग्रेसले देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने बताए ।

हेटौँडा उपमहानगरपालिका १ नम्बर वडाका सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली, प्रचार समितिका सदस्य होमनाथ गौतम, कमल लामा, अश्विन देबकोटालगायतले बोलेका थिए ।

कार्यक्रममा एक सय ५० भन्दा बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको बताइएको छ । कार्यक्रममा काँग्रेसमा लामो समयदेखि सक्रिय होमनाथ सापकोटा, बासुदेव सापकोटा र हरिशरण सापकोटालाई सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*