एमालेभित्र के समस्या छ र ? उत्साहमात्र छ : कृष्णप्रसाद दाहाल (भिडियो सहित)
![](https://www.tukhabar.com/wp-content/uploads/2017/11/Krishna-Prasad-Dahal_Tukhabar.jpg)
मकवानपुर, २२ कात्तिक । बाम गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले बाम गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । तु खबरसँग कुराकानी गर्दै उम्मेदवार दाहालले यो गठबन्धनले कार्यकर्तामा आसा, भरोसा र उत्साह मात्र थपेको बताएका छन् ।
युवाहरुलाई समान र महत्वपूर्ण अवसर दिनु पर्छ भन्नेमा आफ्रू प्रतिवद्ध रहेकोले यसमा कुनै कमी नहुने बताएका छन् । मुलुकलाई समद्ध र सार्वभौम राष्ट्र बनाउँदै यो संविधानलाई अक्षरश कार्यान्वयन गर्ने तर्फ गठबन्धन अघि बढेको उनले बताए । उतिबेलाको राजनीतिक मिसन समाप्त भइसकेको बताउँदै उनले राष्ट्र समृद्ध बनाउने नयाँ काम सुरु हुने बताए । एमालेभित्र कुनै समस्या नभएको उनले बताए । प्रतिप्रश्न गर्दै उनले भने – एमालेभित्र के समस्या छ ? बजारमा विरोधीहरुले नचाहिँदो हल्ला फैलाएका मात्र हुन्, दहालले भने ।
त्यतिबेला कमल थापासँग मेरो वा मेरो कमल थापासँग व्यक्तिगत कुनै समस्या थिएन । तर, त्यतिबेलाको सिस्टमसँग हाम्रो विमती थियो । सिस्टमनै फाल्नु पर्छ भन्ने थियो । त्यसमा म क्रियाशील थिएँ, दाहालले भने । उनका अनुसार, नेपाली जनताको नासोको रुपमा आएको संविधानलाई पूरा कार्यान्वयन गरिनेछ ।
बामपन्थीहरुले सरकार बनाइसकेपछि देश कस्तो हुनुपर्ने रहेछ भन्ने कुरा बुझ्न धेरै समय कुर्न नपर्ने दावी पनि दाहालको थियो । मनमोहनको सरकारले पनि यसको झल्को दिइसकेको उनले बताए ।
हेर्नुहोस् उनीसँग गरिएको कुराकानी