वान पिसले ग्ल्यामर देखाउँछ –दीपिका प्रसाई

तु खबर संवाददाता
२०७४ कार्तिक २३,बिहीबार ०६:०६

काठमाडौँ, २३ कात्तिक । चलचित्र ऐश्वर्याबाट डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाई अहिले चर्चामा छिन् । प्रचारप्रसारले राम्रो बजार तताएकी उनी चलचित्र पनि सफलतामा उक्लिएपछि अहिले खुसी छिन् ।

आफूले चलचित्रमा मेहनेत गरेको बताउने उनी मोडलिङ हुँदै चलचित्रमा भित्रिएकीहुन् । दीपिकालाई हेभी भन्दा हल्का मेकअप मन पर्छ । सनब्लक लगाउनु उनलाई मन पर्छ ।

फेसनको मामलामा उनी निकै अपडेट छिन् । वान पिस र गाउन उनलाई मन पर्छ । उनको भनाइ अनुसार, उनलाई गाउन र वान पिसले ग्लामरस देखाउँछ । स्नातक सकेर उनी चलचित्रमा प्रवेश गरेकी हुन् । उनलाई उच्च शिक्षापछि नै यो क्षेत्रमा आउने रहर
थियो । सानैमा प्रेम प्रस्ताव फेस गरेकी दीपिकाले अहिलेमात्र त्यसबारे बुझ्दैछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*