३ नम्बर प्रदेशको मूख्यमन्त्री मै हुन्छु : ईन्द्रबहादुर बानियाँ (भिडियो सहित)
मकवानपुर, २३ कात्तिक । नेपाली काँग्रेसका मकवानपुर सभापति तथा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा मकवानपुर प्रदेश नं. २ को २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफू निर्वाचित भएमा ३ नम्बर प्रदेशको मूख्यमन्त्री वा विपक्षी दलको नेता बन्ने दावी गरेका छन् ।
तु खबरसँग आज बिहीबार भिडियो अन्तरवार्तामा कुराकानी गर्दै बानियाँले राष्ट्रिय आवश्यकता बोध गरी आफूले प्रतिनिधिसभामा राप्रपा अध्यक्ष कमल थापालाई सघाएको पनि बताए । आफू उठेको प्रदेश मकवानपुरको सबैभन्दा विकट भएको भन्दै उनले त्यहाँका चेपाङ तथा अन्य समुदायलाई विकासको मूलधारमा ल्याउन सबै काम गर्ने बताएका छन् । बिसौँ बर्षदेखि त्यो क्षेत्रमा विजयी हुँदै आएकाहरुले जनतालाई ढाँटेको बताउँदै उनले नदी प्रणालीलाई व्यस्थित बनाउन एकसय करोडभन्दाबढी खर्च गर्ने र त्यसको व्यवस्थापन जसरी पनि आफूले गर्ने उनको भनाइछ ।
उनले आफ्नो पहिलेकोे निर्वाचन क्षेत्रमा पनि सकेसम्म राम्रो गरेको बताउँदै केही महत्वपूर्णकाम गर्न बाँकी रहेको र त्यसलाई पछि पनि गर्ने गरी तयारी गरिरहेको पनि सुनाए । मनोनयन दर्ताअघिसम्म पार्टीमा गठबन्धनको कारण समस्या रहेपनि मनोनयनपछि त्यसलाई मिलाइसकिएको दावी उनको छ । आफू उठेको प्रदेश नं. २ को २ मा जनतालाई सबै समस्याबारे आफूलाई जानकारी रहेको र त्यसलाई क्रमिक रुपले सम्बोधन गर्न काम सुरु गरिसकिएको उनले बताए ।
बानियाँका अनुसार, उनको निर्वाचन क्षेत्रमा सडक संजाल पहिलो प्राथमिकतामा छ । त्यहाँ वैकल्पिक वालीको व्यवस्थापन नहुँदा सोझा चेपाङ किसानहरु गाँजाको भारी बोक्न विवश भएकोले त्यसबाट छुटकारा दिलाउन प्रयास गरिने पनि बताए । तु खबरसँग कुरा गर्दै उम्मेदवार बानियाँले हातमुख जोर्ने समस्याको कारण आफ्नो क्षेत्रका समुदायका परिवार टुटेको बताउँदै उनले आफू निर्वाचित हुँदा मकवानपुरकै विकासमा थुप्रै काम गर्न सकिने बताएका छन् । कमल थापा देशकै टावर नेता भएको भन्दै बानियाँले उनलाई मत माग्न पनि विर्सिएनन् ।
हेर्नुहोस् बानियाँसँग गरिएको कुराकानी