पूर्व गृहमन्त्री जनार्दन शर्मामाथि बम प्रहार
काठमाडौँ, २४ कात्तिक । पूर्व गृहमन्त्री तथा बाम गठबन्धनका तर्फबाट पश्चिम रुकुमका प्रतिनिधिसभा उम्मेदवार जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको छ । शर्मालाई लक्षित गरी बम प्रहार भएपनि कुनै मानवीय क्षति भएको छैन ।
रुकुमको चौरजहारी भन्ने स्थानबाट चुनावी प्रचारप्रसारका लागि सानो भेरी गाउँपालिकातर्फ जाँदै गर्दा उनी लक्षित बम प्रहार भएको छ । बम कसले हानेको हो भन्ने बारे अहिलेसम्म पुष्टी भएको छैन । माओवादीका पश्चिम रुकुम इन्चार्ज राजकुमार शर्मा र एमालेका पश्चिम रुकुम इन्चार्ज शेरबहादुर केसीले विज्ञप्ती निकालेर घटनाको निन्दा गरेका छन् ।