ढुक्क हुनोस् ,मकवानपुरमा लोकतान्त्रिक गठबन्धनले सजिलै जित्छ :- राजाराम बर्तौला
हेटौंडा । राप्रपाका सह-महामन्त्री राजाराम बर्तौलाले आगामी निर्बाचनमा मकवानपुरमा लोकतान्त्रिक गठबन्धनले सजिलै जित्ने बताएका छन् । हेटौंडामा आज नेपाली काङ्ग्रेस र राप्रपा सम्बद्ध युबाहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै बर्तौलाले लोकतान्त्रिक गठबन्धन मुलुकको समृद्धि र बिकासको निमित्त भएको जिकिर गरे । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र मुलुकको समृद्धि नै लोकतान्त्रिक गठबन्धनको प्रमुख लक्ष्य भएको समेत उनले स्पष्ट पारे ।
क्रान्ति र परिबर्तनको सपना देखायर लाखौं युबाहरुको भबिस्यलाई मलेसियाको जङ्गलमा दाउरे र अरबको मरुभूमिमा गोठाले बनाउने कामको अन्त्य लोकतान्त्रिक गठबन्धनबाट मात्र सम्भब हुने उनको दाबी थियो ।
सो अबसरमा मकवानपुर -१ “ख” प्रदेश सभाका उम्मेदवार अशोक शाक्यले मकवानपुरको बिकासको लागि काङ्ग्रेस र राप्रपाले जित्नै पर्ने तर्क गरे । सो अबसरमा नेताहरु गोपि बिश्वकर्मा, सुन्दर शाही, ईश्वर पाठक लगायतले बोलेका थिए ।