कम्यूनिष्टहरुले शहिदको नाम बेचेको डिनाको आरोप
थाहानगर, २५ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले मकवानपुरमा १५ बर्ष कम्यूनिष्टहरुले शहिदको नाम बेचेको आरोप लगाएका छन् । कम्यूनिष्टहरुले शहिदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएको बताउदै लोकतन्त्र गुमे अधिनायकवादको सासन लागु हुने भन्दै वामगठबन्धनसंग लोकतान्त्रिक गठबन्धनले डराउनु नपर्र्ने समेत उनले दाबी गरिन् ।
मकवानपुरको थाहानगरपालिका ११ र १२ टिस्टुङ नौखण्डेमा आज निर्वाचन प्रचार प्रसार समितिको वडा कार्यलय उद्घाटन तथा निर्वाचन प्रचार प्रसार समिती गठन कार्यक्रममा उपाध्यायले यो आरोप लगाएकी हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभाका उम्मेदवार यतिराज सापकोटाले नेपाली काङग्रेसले सधै विकासको बाटोमा अघि बढ्ने भन्दै २ नम्बर यो ठाउँ र भुगोलसंग परिचित रहेको र विकासको काममा अगाडि बड्नका लागि पनि लोकतान्त्रिक गठबन्धनले जित्नु जरुरी रहेको प्रतिवद्दता व्यक्त समेत गरेका छन । सुमन गोलेको अध्यक्षतामा कार्य क्रम भएको हो ।
त्यस्तै थाहानगर वडा ११ मा चिन कुमार गोलेको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको र वडा १२ मा राम बहादुर बलको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन भएको निवार्चन परिचालन समितिका सह संयोजक ओम बहादुर बस्नेतले जानकारी दिए ।