रेडियो आकाशगंगाद्वारा सामाजिक सरोकारका विषयमा बहस

तु खबर संवाददाता
२०७४ कार्तिक २५,शनिबार १२:०२

मनहरी, २५ कात्तिक । रेडियो आकाशगंगा ८८.५ मेगाहर्जले शनिबार मनहरी गाउँपालिकाको वडा नम्बर १ मकरीमा बहस मुलक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

भुकम्प प्रभावित समुदायको पुनः लाभ तथा प्रतिरोध क्षमता प्रर्वद्धनका लागि संचार तथा सामाजिक परिचालन परियोजना अन्तर्गत मकरी स्थित वडा स्तरीय कार्ययोजना अन्तर्गत विपद जोखिम न्युनिकरण, सुरक्षित वैदेशिक रोजगारी, लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्ध अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले मकवानपुरमा कुनै पनि समस्या आउन नदिन जस्तो सूकै पहल गर्न पनी आफू तयार रहेको बताउँदै यदि त्यस्तो समस्या सृजना भएमा सिधै आफूलाई फोन गर्न अग्रह समेत गरे । उनले नागरिकलाई कुनै पनि समस्या पर्न नदिने समेत दाबी गरे ।

रेडियोका प्रबन्ध निर्देशक गंगा प्रसाद पौडेलले स्वागत मनतव्य राख्दै औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरेका थिए । रेडियो आकाशगंगाका कार्यकारी निर्देशक रमेश बन्जाराले संचालन गरेको कार्यक्रममा मकरीका स्थानीय नागरिकका समस्या एवं गुनासोप्रति प्रमुख अतिथि बुढासहित अन्य अतिथीहरू मकवापुरका प्रहरी प्रमुख एसपी विकासराज खनाल, महिला तथा बालबालिका कार्यालयकी शान्ती बिश्वकर्मा, जिल्ला बाल कल्याण समितिका रबि हमाल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नारी सिप सृजना केन्द्रकी उमा सुबेदी, कार्यक्रम संयोजक मानबहादुर वाईवा, बिमला लामिछाने, चलचित्र निर्देशक गोबिन्द गौतम, मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिबप्रसाद खनालको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*