प्रचण्डले गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्ने
चितवन, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता प्रचण्डले नेपाली काँग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सपना पूरा गर्ने जिम्मा आफ्नो भएको बताएका छन् ।
आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शान्ति सम्झौताको हस्ताक्षरकर्ता कोइराला र आफू भएकोले उनको निधनपछि बाँकी रहेका सपनाहरु पूरा गर्ने जिम्मेवारी आफ्नो काधमा आएको बताएका हुन् ।
चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनमा सहभागी प्रचण्डले काँग्रेस कार्यकर्तासँग मत माग्दै कोइरालाको सपना पूरा गर्न आफू तयार रहेको बताएका छन् ।
यसैगरी सो क्षेत्रमा आफ्नो प्रतिस्पर्धी नै भएको उनले बताएका छन् । निकै आक्रोशित देखिएका प्रचण्डले ठेकेदारसँग आफ्नो प्रतिस्पर्धा हुनै नसक्ने बताएका हुन् । काँग्रेस नेता उम्मेदवार भएमात्रै आफ्नो प्रतिस्पर्धी मान्न सकिने प्रचण्डको भनाइ थियो ।