बकैयामा बाम गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन

तु खबर संवाददाता
२०७४ कार्तिक २७,सोमबार १७:०२

मकवानपुर, २७ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर हात्तिखोलामा बाम गठबन्धनको सभा तथा प्रचारप्रसार कार्यलयको उद्घाटन गरिएको छ ।
माओवादीका केन्द्रीय सदस्य तथा बकैया बाम गठबन्धनका संयोजक लोकनाथ गौतमले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बामपंथी उम्मेद्वार लाई बहुमतले जिताइ आर्थिक सामाजिक रूपमा तल्लो स्तरमा रहेकालाइ माथि उठाउन हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरिएको पत्रकार यादव चौंलागाईले जानकारी दिए ।
कार्यक्रममा एमाले नेता तथा बकैया सहसंयोजक कृष्णप्रसाद चौलागाईं, माओवादी नेत्री लक्ष्मी पाख्रीन, बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे,भक्तबहादुर खत्री,बेलप्रसाद दाहाल,राजेन्द्र घिमिरे लगायतले प्रशिक्षण सहित मन्तव्य व्यक्त गरेका थिए ।
भोजराज लामिछानेको अध्यक्षतामा भएको भेलाले १ सय १ सदस्यीय वडा स्तरीय प्रचारप्रसार समिती चयन गरेको छ भने वडा संयोजकमा भोजराज लामिछाने तथा सहसंयोजकमा इन्द्रबहादुर थापा चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*