बाम युवा तथा महिलाको निर्वाचन परिचालन कमिटिमा राजन र लक्ष्मी

तु खबर संवाददाता
२०७४ कार्तिक २८,मंगलवार १२:५७

हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरापलिका वडा नम्बर १६ मा बाम गठबन्धनको युवा तथा महिला निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । १६ नम्बर वडामा लक्ष्मी रसाइलीको संयोजकत्वमा ५१ सदस्यीय महिला निर्वाचन परिचालन कमिटि तथा राजन दाहालको संयोकत्वमा ५१ सदस्यीय युवा निर्वाचन परिचालन कमिटि गठन गरीएको हो ।
१६ नम्बर वडाका निर्वाचन परिचालन कमिटिका सहसंयोजक श्याम प्रसाद चौलागाईको अध्यक्षता तथा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष बद्रि लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लम्सालले बामगठनबन्धनको जितका लागि अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा पूर्ब सभाषद शेरबहादुर पहरी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य राधेश्याम गजुरेल, एमालेका सल्लाहकार कृष्णबहादुर राई, १६ नम्बर वडाका निर्वाचन परिचालन अनुगमन संयोजक लोकनाथ चौलागाईं, एमाले १६ नम्बर वडाका अध्यक्ष सागरनाथ बास्तोला लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*