मकवानपुरमा भोट र नोट दुबै मागिन रन्जु दर्शनाले

तु खबर संवाददाता
२०७४ कार्तिक २८,मंगलवार १६:५४
तस्बिर–गुगल

मकवानपुर, २८ कात्तिक । विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शनाले आज मकवानपुरवासीसँग भोट र नोट दुबै मागिन् । मकवानपुरको हेटौंडामा आज दर्शनाले ठुलो जमातमा आफुहरुलाई चुनावको लागि भोट र नोट दुबै चाहिएको बताईन् र कार्यक्रमकै बिचमा बाकस थापेर यथासक्दो सहयोग गर्नुस् भनिन् ।
उनको आग्रहलाई मान्दै कार्यक्रममा सहभागीहरुले भोट दिने आश्वासन सहित बाकसमा ५ सयका नोटहरु खसाले । उनले बाकस थाप्दै गर्दै संकलित रकमको पारदर्शी तरिकाले जनताकै माझमा हिसाब गरिने समेत बताईन् । ठुला ठुला राजनितिक पार्टीका उम्मेदवारहरुले चन्दा असुल्ने गरेकोे भन्दै उनले आफुहरु जनताको स्वईच्छाले दिएको सानो आर्थिक सहयोगबाट निर्वाचनमा जाने बताईन् ।
कार्यक्रममा बोल्दै उनले वर्तमान समयमा आम नेताहरुले राजनीतिलाई पेशा बनाएको भन्दै अब विकास परिवर्तनको लागि आफुहरुजस्तो युवा र विवेकशिललाई जनताले मत दिनुपर्ने समेत बताईन् ।
कार्यक्रममा विवेकशिल साझा पार्टी मकवानपुरका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सरोज कोईराला, प्रदेशसभा क्षेत्र नम्बर १ ख की उम्मेदवार प्रतिभा डँगोलसहित अन्य विवेकशिलका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जम्मा भएको आर्थिक सहयोग समेत पारदर्शी हुने विवेकशिल साझा पार्टी मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*