‘बामपन्थी मिल्नु जनताको माग’–दाहाल

तु खबर संवाददाता
२०७४ कार्तिक २९,बुधबार ०९:२३

हेटौँडा, २९ कात्तिक । बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका छन् । बुधबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दाहालले समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा भएको बताए ।
कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार डोरमणी पौडेलले जनताको चाहना अनुसार हेटौँडाको विकासमा भुमिका खेल्ने बताए । आफूहरुले योजना बनाएर विकास गर्ने लक्ष्य लिएको बताए । आफू यसअघि पनि नगरपालिकामा जनप्रतिनिधि भइसकेकाले जनताको चाहना बुझेर काम गर्ने क्षमता आफूमा भएको उनको दाबी छ ।
निर्वाचन परिचालन कमिटि हेटौंडा १३ का संयोजक मनोजकुमार वाइवाको अध्यक्षतामा भएको कार्यक्रममा एमालेकी समानुपातिक उम्मेदवार जुनेली श्रेष्ठ, क्षेत्र नम्बर एक निर्वाचन परिचालन कमिटि सहसंयोजक भिम पाख्रिन, एक नम्बर प्रदेश ख का संयोजक श्रीधर पोखे्रल, माओवादी केन्द्रका जिल्ला सदस्य श्याम थिङ, ललित घलानलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*