युवाको एजेण्डामा सहयोग गर्न मैनालीको आग्रह

तु खबर संवाददाता
२०७४ कार्तिक २९,बुधबार ११:२३
फाईल फोटो

हेटौँडा, २९ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ शक्ति पार्टी,नेपाल तर्फबाट मकवानपुरको प्रदेशसभा सदस्य उम्मेदवार राजन मैनालीले नयाँ शक्तिले युवाकै लागि विभिन्न एजेण्डाहरुसहित चुनावमा सहभागी भएकोले युवाकै एजेण्डामा सहयोग गर्न आग्रह गरेका छन् ।
बुधबार हेटौँडा आसपासका क्षेत्रमा घरदैलो गर्दै आर्थिक समृद्धि, युवालाई स्वरोजगार बनाउने अभियानमा नयाँशक्तिका आफुसहितका उम्मेदवारहरु लागेकाले हाम्रालाई होईन राम्रालाई मतदान गर्नुपर्ने उनले बताए । युवाको लागि सोच्नेलाई छातिमा हात राखेर मतदान गर्ने वाचा गर्न समेत उनले आग्रह गरे । अबको युग भनेको आर्थिक समृद्धि र दिगो विकासको युग भएकोले त्यस कार्यभार बहन गर्न युवालाई स्वरोजगार बनाउनु र उत्पादनमा जोड्नुको विकल्प नभएको उनले दाबी गरे ।
आजको घरदैलोमा रमा खरेल, पार्वती मैनाली, राजकुमार थापा, अभिषेक क्षेत्री, सुब्बा लामाका साथै बुद्ध टोलवासी र पारिजात टोलवासीहरुले सहयोग गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*