बाम गठबन्धनको आमभञ्ज्याङमा कोणसभा, हेटौँडामा प्रचारप्रसार कार्यालय उद्घाटन

तु खबर संवाददाता
२०७४ कार्तिक ३०,बिहीबार ०२:१६

मकवानपुर, ३० कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ को चुनाबी कोण सभा बुधबार आमभञ्ज्याङमा सम्पन्न भएको छ ।
क्षेत्र नम्बर २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरु माओवादी केन्द्रका विष्णु विष्ट, प्रकाश पाण्डे, नेकपा एमालेका पार्वती राना, विदुर हुमागाई,जित बहादुर घिमिरे लगायत रहेका थिए । सभालाई सम्बोधन गर्दै उम्मेदवार मोक्तानले वाम गठबन्धनले नागरिकमा खुसी ल्याएको भन्दै समृद्ध नेपाल निर्माणको लागि गठबन्धनको उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रम निर्वाचन परिचालन कमिटि संयोजक विष्णु द्ङगालको अध्यक्षतामा भएको थियो ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका  १४ मा बुधबार बाम गठबन्धनको प्रचार कार्यालय उद्घाटन गरिएको छ । क्षेत्र न. १ का उम्मेदवार कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन गरिएको हो ।
कार्यक्रममा क्षेत्र न. १ प्रदेश सभा ख का उम्मेदवार डोरमणी पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम दिपक खड्काको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*