हाँडीखोला र भैँसेमा मानव बेचविखन बिरुद्धको नाटक मञ्चन 

तु खबर संवाददाता
२०७४ कार्तिक ३०,बिहीबार ०३:०२

मकवानपुर, ३० कात्तिक । “बाल मैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरी मानव बेचविखन तथा ओसारपसार विरुद्धको चेतनामूलक  नाटक प्रदर्शन गरिएको छ ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी मनहरी गाउँपालिका अन्र्तगत महेन्द्रज्योति उच्च मावि हाँडीखोला र भिमफेदी गाउँपालिका अन्र्तगत श्रीकृष्ण मावि भैंसेमा नाटक मञ्चन गरिएको हो । सडक नाटकमा माईती नेपाल रोकथाम गृहमा तालिममा सहभागी २० जना प्रशिक्षार्थीहरुले अभिनय गरेका थिए । उक्त नाटक प्रर्दशन पछि महेन्द्र उच्च माविको प्रधानाध्यापक गोकुलप्रसाद शर्मा र श्रीकृष्ण माविका प्रधानाध्यापक कृष्णलाल श्रेष्ठले नाटक सान्दर्भिक भएको बताए । नाटकमा दुबै विद्यायलयका शिक्षक, शिक्षिका, स्थानीय समुदाय र विद्यार्थीहरुको सहभागिता रहेका थियो ।

माईती नेपाल रोकथाम गृह हेटौंडा, २८ औं अन्तर्राष्ट्रिय मुल आयोजक कमिटि, जिल्ला बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयको आयोजनामा नाटक मञ्चन गरिएको हो । ३० मिनेटभित्रको प्रस्तुती रहेको उक्त सडक नाटक मञ्चन कार्यक्रममा माईती नेपालका कार्यक्रम संयोजक माया लामा, मन लामा र पविना लामाको समेत उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*