अफगानिस्तानमा मधुमेहका कारण वर्षेनी १९ हजार ७ सयको मृत्यु

तु खबर संवाददाता
२०७४ कार्तिक ३०,बिहीबार ०४:५६
फोटो : गुगल

काबुल, २९ कात्तिक (रासस/सिन्ह्वा) : अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ ।

सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको देखाइएको छ, मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । मन्त्रालयले ८ लाख ४९ हजार जनालाई मधुमेह रोग लागेको पाइएको पनि जनाएको छ । मधुमेहका रोगी बढ्नुको कारण पत्ता लगाउने प्रयास भइरहेको मन्त्रालयको भनाई छ ।

नसर्ने रोगबाट मृत्यु हुनेहरूको संख्या धेरै भएकाले त्यसबारेमा आम नागरिकमा सचेतना अभिवृद्धि गर्नु अत्यावश्यक रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय मधुमेह महासंघ र विश्व स्वास्थ्य संगठनको पहलमा हरेक वर्षको नोभेम्बर १४ तारिखका दिन संसारभरी विश्व मधुमेह दिवस मनाउने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*