धादिङमा चेपाङका लागि खानेपानी योजना

तु खबर संवाददाता
२०७४ कार्तिक ३०,बिहीबार ०६:०६

धादिङ, ३० कात्तिक । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्यामै डाँडामा चेपाङकाल लागि खानेपानी आयोजना शुरु गरिएको छ ।
वर्षौँ देखि खानेपानीको समस्या खेपिरहेका चेपाङ समुदायलाई राहत पुग्ने गरी सत्य साई सेवा संगठन, नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । कूल ६१ घर चेपाङको मात्र बस्ती रहेको सो योजना निर्माणमा भएपछि वर्षौँदेखिको खानेपानी समस्या हट्ने भएको छ ।

योजना शिलान्याशका क्रममा आएका सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष नरेन्द्रनाथ रेड्डीसहितका अतिथिलाई चेपाङले आफैँले पञ्चैबाजा बजाएर स्वागत समेत गरेका थिए । कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर र सामुहिक भोजनको समेत व्यवस्था गरिएको थियो । स्वास्थ्य शिविरमा बालरोग, स्त्रीरोग, दन्त, आँखाजस्ता रोगसम्बन्धी विशेषज्ञ डाक्टरबाट परामर्श सेवा उपलब्ध गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*