संयुक्त जिल्ला शिक्षक समितिको भेला सम्पन्न
हेटौँडा, ३० कात्तिक । नेपाल शिक्षक संघ एवं नेपाल शिक्षक परिषदको संयुक्त बैठक बुधबार सम्पन्न भएको छ । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रका उम्मेदवारलाई सहयोग गर्ने उदेश्यकासाथ संयुक्त जिल्ला शिक्षक समिति गठन गरिएको छ ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राम कुमार अधिकारीको संयोजकतत्व र नेपाल शिक्षक परिषदका जिल्ला सागर थापाको सहसंयोजकत्वमा र दुवै शिक्षक पदाधिकारीहरु समितिमा सदस्य रहने गरी समिति चयन गरिएको हो । त्यसैगरी भेलाले प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ प्रदेशसभा १ को क र ख २ को क र ख मा नेपाल शिक्षक संघको संयोजकत्व र नेपाल शिक्षक परिषदको सहसंयोजकत्व रहने गरी संयुक्त प्रदेश गठन गरिएको छ ।
बैठकले पहिलोपटक प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव र त्यसको पुर्वसन्ध्यामा भएकोले यसलाई ऐतिहासिक बनाउन आगामि मंसिर ९ गते हेटौँडा क्याम्पसमा संयुक्त जिल्ला भेला गर्ने निर्णय गरिएको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राम कुमार अधिकारीले जानकारी दिए ।