बाम गठबन्धनको दुई तिहाई मत आउने खतिवडाको दाबी
भिमफेदी ३० कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य एबम् बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले आसन्न संघ र प्रदेश निर्वाचनमा संयुक्त बाम गठबन्धनले दुई तिहाई मतका साथ विजयी हुने दाबी गरेका छन् ।
बिहिबार भिमफेदी गाउँपालिकाको १ र २ नम्बर वडाले गरेको संयुक्त चुनाबी सभामा कार्यक्रममा बोल्दै उनले बाम गठबन्धन आम नागरिकको चाहाना र आवश्यकता भएकोले २ तिहाई मतले बिजयी हुने दाबी गरे । त्यसैगरी कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ प्रदेश क का उम्मेदवार कुमारी मोक्तानले देशको राजनैतिक, आर्थिक, सामाजिक रूपान्तरणमा बाम शक्तिहरूको भुमिका महत्वपूर्ण हुने बताईन् ।
बाम गठबन्धनको नेतृत्वले देशलाई अगाडि लैजाने उनको भनाई थियो । २ नम्बर निर्वाचन परिचालन कमिटिका संयोजक काशिराम बज्युको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ब साँसद सुवासचन्द्र ठकुरी, एमाले जिल्ला सचिब एबम् बामगठबन्धनका क्षेत्र नम्बर २ का निर्बाचन कमिटिका संयोजक एकालाल श्रेष्ठ, प्रदेश क का संयोजक बिष्णु बिष्ट, थाहा नगगरापालिकाका मेयर लबसेर बिष्ट, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्बती राना, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, माओवादी केन्द्रका जिल्ला सदस्य प्रकाश पाण्डे, सागर बानियाँ, रञ्जित राना, सानु थापा, अप्सरा लोप्चनलगायतकाको आतिथ्यता रहेको थियो ।
त्यस्तै भिमफेदी गाउँपालिका वडा नम्बर ३ र ४ मा पनि बिहिबार बामगठबन्धनको संयुक्त चुनाबी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, प्रदेश क का उमेद्वार कुमारी मोक्तान, पुर्ब साँसद सुबासचन्द्र ठकुरीले मन्तब्य राखेका थिए ।
बामगठबन्धनका क्षेत्र नम्बर ३ का निर्बाचन परीचालन कमिटिका संयोजक क्षेत्रबहादुर पाण्डेको सभाध्यक्षता कार्यक्रम भएको हो ।