गुरु चेला पनि चुनावी मैदानमा

तु खबर संवाददाता
२०७४ कार्तिक ३०,बिहीबार १५:०२

पथरी, मोरङ, ३० कात्तिक । नेपालमै पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा यहाँ पृथक र अनौठा स्थिति देखिएका छन् । नेपाली काँग्रेस र वाम गठबन्धनको भिडन्तले प्रदेशसभामा कसले चुनाव जित्ला भनेर ठोकुवा गर्ने अवस्था छैन ।

प्रदेशसभाको चुनावमा वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रदेशमा पूर्व प्राध्यापक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल र जीवन आचार्य चुनावी मैदानमा छन् । आचार्यलाई पोखरेलले स्थानीय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा ‘नेपाल परिचय’ विषय पढाएका थिए । पोखरेल एमालेका पुराना कार्यकर्ता हुन् । उनीहरु गुरु चेला नै निर्वाचनमा भिड्दै छन् ।

पोखरेलका अर्का प्रतिस्पर्धी नेपाली काँग्रेसका युवा तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य केदार कार्की पनि चुनावी मैदानमा छन् । पोखरेल कार्कीका पनि गुरु हुन् । कार्कीलाई पोखरेलले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमै पढाएका थिए । कार्कीलाई राजतन्त्रको विरोधमा उत्रिएको आरोपमा २०६२–०६३ को जनआन्दोलनमा तत्कालीन शाही सेनाले पक्राउ गरेको थियो । उनले १९ दिन जेल जीवन पनि बिताएका थिए ।–रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*