२५ मिटरको विरुद्धमा बामगठबन्धन

तु खबर संवाददाता
२०७४ मंसिर १,शुक्रबार ०९:४८

हेटौँडा, १ मंसिर । नेकपा एमाले मकवानपुर र नेकपा माओवादी केन्द्र (बामगठबन्धन) को संयुक्त प्रतिबद्धता पत्र शुक्रबार सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिबद्धत्ता पत्रमा बाम गठबन्धन २५ मिटर सडक विस्तारको विरुद्धमा देखिएको छ ।
जिल्ला स्तरमा हेटौँडालाई ३ नम्बरको प्रदेशको राजधानी बनाउन अधिकतम पहल गर्ने, फास्ट ट्रयाक, कान्ति लोक मार्ग र हेटौँडा–धरान–चतरा लोकमार्ग निर्धारीत समयमा नै सम्पन्न गराउन सरकार तथा ठेकेदार कम्पनीलाई दबाब दिई गर्न लगाउने योजना बाम गठबन्धनको प्रतिबद्धत्ता पत्रमा उल्लेख गरिएको छ ।
तर २५ मिटर सडक सन्दर्भमा मुआब्जा दिएर मात्र बिस्तार गराउने कुरा दृढ रहने र मुख्य बाटो बजार भन्दा पनि बैकल्पिक मार्ग निर्माण गर्ने कुरामा बाम गठबन्धनले जोड दिएको छ ।
यसर्थ अहिले भएको योजना अनुरुप २५ मिटर सडक खण्ड मूख्य बजारबाट नभई अन्तै बाट लानुपर्नेमा बाम गठबन्धनको मत देखिएको छ ।
प्रतिबद्धता पत्रको नेकपा एमाले मकवानपुरका ईन्चार्ज बिरोध खतिवडा र नेकपा माओवादी केन्द्र मकवानपुरका ईन्चार्ज कुमारी मोक्तान सहितका नेताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा संयुक्तरुपमा सार्बजनिक गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*