चन्द्र प्रसादको संयोजकत्वमा १६ मा प्रचार समिति

तु खबर संवाददाता
२०७४ मंसिर २,शनिबार ०६:३१

हेटौंडा, ०२ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ मा वाम गठबन्धनको ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । चन्द्र प्रसाद देवकोटाको संयोजकत्वमा प्रसारप्रसार समिति गठन भएको हो । माओवादी केन्द्र वडा नं. १६ का अध्यक्ष अविनाश गजुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार कार्यालयसमेत खोलिएको छ ।
निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लागेसक्के प्रयत्न गर्ने र परिणाम वाम गठबन्धनको पक्षमा पार्ने गरी काम भइरहेको गजुरेलले बताए । उनका अनुसार, अब प्रचारप्रसार समितिले तिब्रताका साथ काम गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*