रौतहटमा बम बिस्फोट : दुई गम्भीर, अन्य सामान्य घाइते
मकवानपुर । ०२ मंसिर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ५ मा भएको बम विस्फोटमा ११ जना घाइते भएका छन् ।
बाम गठबन्धनले भेला आयोजना गरेको ठाउँ नजिकै बम बिस्फोट भएको रौतहट चपुरबाट पत्रकार फणी महतले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी रामकुमार दानीका अनुसार, विस्फोटमा परी घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारको लागि चितवन पठाइएको छ ।
सरिता राई र जैविक राई गम्भीर घाइते छन् । बिस्फोटमा परी घाइते हुनेमा सीता राई, लक्ष्मी राई रत्नबहादुर विक, गोपाल विक, दिलमाया राई, यमुना काफ्लेलगायतको रहेका छन् ।
घटनाको विषयमा थप अध्ययन भइरहेको रौतहट डीएसपी दानीले बताए ।