नर्भिकले पत्रकार सम्मेलन गर्दै भन्यो – प्रकाशको निधन आकष्मिक हृदयघातले
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दहाल प्र्रचण्डका पुत्र प्रकाश दहालको आज बिहान निधन भएपछि त्यसबारे अस्पतालले भर्खरै जानकारी दिएको छ ।
अस्पतालले पत्रकार सम्मेलनमार्फत् प्रकाशको आकष्मिक हृदयघातबाट निधन भएको प्रस्ट पारेको छ ।
बरिष्ठ कार्डियो सर्जन यादवदेव भट्टसमेतको टोलीले दहालको हृदयघातको कारण निधन भएको पुष्टि गरेका छन् ।
नर्भिक अस्पतालपछि प्रकाशको पार्थिव शरीरलाई १ बजे पार्टी कार्यालय पेरिसडाँडामा लगिने छ भने ४ बजे आर्यघाटमा अन्तेष्टी गरिने कार्यक्रम रहेको छ ।