प्रकाश दहाललाई पार्टीको झण्डा ओडाउँदा प्रचण्डका आँशु थामिएनन्
काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दहालको आकष्मिक हृदयघातका कारण निधन भएपछि उनलाई नर्भिक अस्पतालबाट सिधै माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यहाँ प्रचण्डले छोरा तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दहाललाई पार्टीको झण्डा ओडाइदिए । अन्य पार्टीका नेताहरु पनि त्यहाँ पुगेका छन् । माधब नेपाल, मोहन बैद्यसहितका नेताहरुले प्रकाशलाई श्रद्धाञ्जली व्यक्त गरे ।
माओवादी अध्यक्ष प्रचण्डले प्रकाशलाई बिधाई गर्दा आँखाभरि टिलपिल आँसु पारेका थिए । प्रकाश दहालको पार्थिव शरीरलाई आर्यघाटतर्फ लगिँदैछ । कलिलै उमेरमा बुबाको राजनीतिक सपना पूरा गर्न उनी माओवादी युद्धमा होमिएका थिए ।